५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भरतपुरमा इँटा बोकेको ट्रकमा आगलागी

भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।

ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो। आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ।

प्रकाशित: १७ चैत्र २०७८ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App