६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

नरैनापुरमा १५ घरगोठ जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन्। गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए।

उनका अनुसार आगलागीबाट करिब रु १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ। नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताए। गर्मीयाममा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको छ। रासस

प्रकाशित: २२ चैत्र २०७८ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App