४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दमौलीमा आगो निभाउन पोखरादेखि दमकल लगियाे (अपडेट)

५० किलोमिटर टाढा पोखराबाट दमकल गएर आगो निभाउने प्रयास

तनहुँको दमौलीमा लागेको आगो। तस्बिरः कृष्ण न्यौपाने

तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ। आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ। ५० किलोमिटर टाढाको पोखरादेखि दमकल लगेर आगो निभाउने प्रयास भईरहेको छ।

तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले ब्यास नगरपालिका–४ दमौलीस्थित स्थानीय हार्डवेयरबाट आगलागी सुरु भएको बताए। उनका अनुसार आगो निभाउन अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि सहज भएको छैन। त्यसबाहेक पोखरा महानगरपालिका र ब्यास नगरपालिकाका दमकल पनि प्रयोग गरिएको छ।

‘हार्डवेयरबाट आगलागी सुरु भएको हो तर, कसको पसलबाट सुरु भएको भन्ने यकिन छैन। हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास गरेपनि नसकिएको उनले बताए। ‘धुवाँले सबैतिर ढाकेको छ। आगो निभाउन सकस छ,’ उनले भने।  

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेका अनुसार स्थानीय भुपाल आलेको हार्डवेयर पसलबाट आगलागी सुरु भएको थियो। त्यसपछि नजिकका ज्योती ब्रदर्श र भूपू हार्डवेयरमा पनि क्षति भएको छ। त्यसबाहेक आसपासका टहरामा पनि क्षति पुगेको छ।  

‘आगलागीको कारण यकिन भएको छैन। तर, क्षति धेरै नै भएको छ। आसपासका घर भत्काएर आगो नियन्त्रणको प्रयास भईरहेको छ,’ उनले भने। आगो निभाउन ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। आगो निभाउन पोखरा महानगरबाट २ वटा दमकल दमौली पठाइएको छ।  

६/६हजार लिटर पानी क्षमताका दमकल दमौली गएका छन्। पोखरा–दमौलीको दुरी ५० किलोमिटर हो। त्यसबाहेक पोखरा मुग्लिन सडक आयोजनामा खटिएका पानीका ट्यांकरलाई पनि आगो निभाउनका लागि प्रयोग गरिएको छ। 

प्रकाशित: २२ फाल्गुन २०७८ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App