स्याङ्जामा क्रिकेटबाटै महिला सशक्तीकरण अभियान
स्याङजा क्रिकेट संघले स्याङजाको विभिन्न विद्यालयमा पुगेर क्रिकेट अभियान चलाएको छ। संघले अहिलेसम्म १५ वटा विद्यालयमा क्रिकेटको ट्यालेन्ट हन्ट गरिसकेको छ। ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्दै प्रशिक्षण दिदैं आएको छ। प्रशिक्षणसँगै उनीहरुले आगामी कात्तिक २० गतेदेखि स्याङजामा आयोजना हुने पुतलीबजार उपमेयर रनिङशिल्ड महिला क्रिकेट प्रतियोगिता खेल्ने छन्।