२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चोभारको सुक्खा बन्दरगाह सञ्चालन अन्योलमा

सरकारले सुक्खा बन्दरगाह इलाकालाई भन्सार क्षेत्र घोषणा गरेर भन्सार कार्यालय खोल्ने अनुमति दिए काम सुरु गर्न सकिने भन्सार विभागको भनाइ।

अतिक्रमित सरकारी जग्गा खोज्दै कपास विकास समिति

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङका विपन्न किसानको जीविकोपार्जन सुधार गर्न तथा स्वदेशमा खपत हुने कपासको माग धान्ने गरी २०३७ पुसमा सरकारले उक्त समिति गठन गरेको थियो। तत्कालीन समयमा एक हजार २०० हेक्टर बन क्षेत्र फँडानी गरी सरकारले कुम्भर फार्मको नाममा ५५० हेक्टर जग्गा उपलब्ध गराएको थियो।

कार्यालय प्रमुखको बिदाइ

कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए।

नियमावलि बन्नु अघिका जिल्ला खेलकुद विकास समिति अवैधानिकः मन्त्री गुरुङ

गण्डकी प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदको लागि बजेट छुट्टाएको छ। छुट्टाएको बजेट सम्बन्धित जिल्लालाई भने पठाइएको छैन्। प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बजेट नपठाउनुको एउटै कारण छ–‘गठित जिल्ला खेलकुद विकास समिति अवैध हुनु।’

जिल्ला खेलकुदमा राजनीतिक नियुक्तिको चर्चा

जिल्ला खेलकुद विकास समिति कास्कीमा नयाँ कार्यसमितिको लागि चर्चा शुरु भएको छ। संघीय सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि जिल्ला खेलकुद विकास समितिमा नियुक्त भएकाहरुलाई हटाउने चर्चा शुरु भएको हो।

जिल्ला खेलकुद विकास समितिका पदाधिकारी हटाइनेः मन्त्री गुरुङ

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गत जेठमा नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्यहरुलाई हटाइने बताएका छन्।

खुला दौडमा सेनाको वर्चस्व

पोखरा रंगशालाबाट बिहीबार बिहान सुरु भएको दौडमा महिलातर्फ नेपाली सेनाकी धाविका सेमकली जैसीले ५१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्।

मुख्यमन्त्री कप फुटबलको उपाधि जाजरकोटलाई

जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा सम्पन्न फाईनल खेलमा तिप्ला यूथ क्लब तिप्लाई १–० गोलले हराएर केएफसी जाजरकोटले प्रथम स्थान हासिल गर्न सफल भएको हो।

तुलसी दिवस र दुर्गा घिमिरेलाई १–१ लाखको पुरस्कार

संस्कृतिकर्मी तुलसी दिवस र महिला सशक्तिकरणमा क्रियाशील दुर्गा घिमिरे पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवाबाट दिवस र घिमिरेलाई पुरस्कृत गर्न लागिएको हो ।

एमसिए–नेपालको आपत्ति

एमसिएले ती सामग्रीमा कुनै सत्यता नभएको जनाएको छ। एमसिएले भ्रामक सामग्रीमा प्रयोग गरिएको जस्तो लेटरहेड कहिल्यै प्रयोग नगरेकोर दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक बिष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको भन्दै उक्त सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउन पहल गरिसकेको जनाएको छ।

करिब चार महिनापछि खुल्यो मनकामना मन्दिर

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए।

योजना नकाट्न अर्थ तथा विकास समितिको निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो ।

बजेट खर्चको क्षमता बढाउः अर्थ तथा विकास समिति

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।

जग्गा कब्जा प्रकरणमा एमसिए नेपालको ध्यानाकर्षण

एमसिए नेपालले आइतबार एक विज्ञप्ति जारी गरी केही संस्थाले झण्डा गाडेर कब्जामा लिएको विषय उल्लेख नगरिकनै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

कर्णाली प्रदेश: बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति

कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले भने नियमित कार्यक्षेत्रअन्तर्गतका कामका अतिरिक्त बाह्य पहुँच र खुलापनतर्फ आफ्नो सक्रियता बढाउँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्