१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

कार्यालय प्रमुखको बिदाइ

मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुशील कँडेलको बिदाइ गरिएको छ।

अवकास प्राप्त कँडेलको आइतबार विराटनगरमा बिदाइ गरिएको हो। खेलकुद कार्यालयमा रहेर उनले २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएका थिए।

कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए। कँडेलको खेलकुद कार्यालयको एउटा पद्धितबाट मात्रै बिदाइ भएको हो। तर, उनको योगदान खेलकुद क्षेत्रमा आवश्यक पर्ने भएकाले अझ थप सहयोग हुने कुरामा विश्वास रहेको उनले बताए।

पूर्वाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख चण्डी बास्तोला, पूर्वाञ्चल खेलुकद कर्मचारी संघका अध्यक्ष राजु महर्जन, प्रशिक्षक प्रशिक्षण प्रमुख शिवनारायण श्रेष्ठ, जिल्लाको सहइन्चार्ज तथा कराते प्रशिक्षक विनोदकुमार राउत, वरिष्ठ कराते प्रशिक्षक शोभित प्रसाईं र मोरङ खेलकुद कर्मचारी संघकी अध्यक्ष कुन्ति गुरुङलगायतले शुभकामना दिएका थिए।

प्रकाशित: ११ पुस २०७८ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App