२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाका महामन्त्री ढकालले किन टाँसे मुखमा कालो टेप?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा विरोध जनाएका छन्। उनी मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा जारी समितिको बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग गर्दै ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएर सहभागी भइरहेका छन्।

सार्वजनिक भएका पार्टीको केन्द्रीय समिति बैठकको तस्बिरहरूमा उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेको देख्न सकिन्छ।

प्रकाशित: १९ असार २०८१ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App