२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

बेँसीसहर-चामे सडक खुल्यो, मनाङ खण्ड भने अवरुद्धै

अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ।

यस सडक खण्डअन्तर्गत  लमजुङ बेँसीसहर नगरपालिका-६ खरखरे र मस्र्याङ्दी गाउँपालिका-९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए।

लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ। मङ्गलबार राति चामे गाउँपालिका-१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन। रासस

प्रकाशित: १९ असार २०८१ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App