१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमसिए–नेपालको आपत्ति

मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले सामाजिक सञ्जालमा आएका अतिरञ्जित तथा असत्य सन्देशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

यही भदौ २३ गते ट्वीटरमार्फत एमसिए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टको नक्कली हस्ताक्षर प्रयोग गरी सार्वजनिक भएको सामग्री भ्रामक भएको एमसिए–नेपालले जनाएको छ। उक्त सामग्रीमा एमसिए–नेपाल, एमसिसीर अमेरिकीराजदूतावासका अधिकारीबीच भएको भर्चुअल बैठकमा कम्प्याक्ट अनुमोदनका पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको उल्लेख गरिएको थियो ।

त्यसका लागि कतिपय अखबार तथा टिभीलाई परिचालन गर्ने निर्णय भएको दाबीसहित नेपाल सरकार, एमसिए–नेपालर एमसिसीको छापको पनि दुरूपयोग भएको एमसिए–नेपालले जनाएको छ। सरकारले एमसिसीलाई सोधेका प्रश्नको जवाफ प्राप्त हुनुभन्दा पहिला ती सामग्री सामाजिक सञ्जालमाराखिएको थियो। एमसिए–नेपालले सामाजिक सञ्जालमार्फत नै खण्डन गरिसक्दा पनि भ्रामक सामग्री अझै सम्प्रेषण भइरहेको जनाएको छ।

एमसिएले ती सामग्रीमा कुनै सत्यता नभएको जनाएको छ। एमसिएले भ्रामक सामग्रीमा प्रयोग गरिएको जस्तो लेटरहेड कहिल्यै प्रयोग नगरेकोर दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक बिष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको भन्दै उक्त सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउन पहल गरिसकेको जनाएको छ।

एमसिएले सामाजिक सञ्जालको दुरूपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने प्रवृत्तिको गम्भीर भत्र्सना गर्दै त्यस्ता सूचनाप्रति सजगरहन आम नागरिकसँग आग्रह गरेको छ ।

प्रकाशित: २९ भाद्र २०७८ ००:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App