२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्वार्थ बाझिनेलाई रोजेको समिति

दलहरूले समितिमा रहने सदस्यमध्ये केही सांसदको उनीहरूको इच्छाअनुसार स्वार्थ बाझिनेगरी राखिएको छ भने केहीलाई सोध्दै नसोधी समितिमा राख्ने गरेको पाइएको छ। यसको जाँच संसद् सचिवालयले गरेको देखिएको छैन।

करातेमा सन्तोष र कविता च्याम्पियन

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट करातेको खुला पुरुषतर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।

समिति सभापतिमा सत्तारूढ दलभित्रै विवाद

सत्तारूढ दलभित्रै सहमति नभएका कारण समितिको सभापति निर्वाचनमा ढिलाइ भएको स्रोतको भनाइ छ।

संसद्प्रति सरकार किन अनुदार?

संसद् जनप्रतिनिधिमूलक संस्था हो। सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्छ। तर सरकारले संसद्लाई सहयोग नगर्दा संसदीय कामहरू प्रभावित हुँदै आएको विगत छ।

मोबाइलबाटै हाजिरी र घरमै तलब सुविधा

अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिरी गर्न सक्ने व्यवस्था मिलाएको छ।

पार्क निर्माणमा जोड दिंदै अधिकारसम्पन्न वाग्मती सभ्यता समिति

धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्ध धर्ममा पवित्र मानिन्छ। वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदै छन्।

कोहलपुरमा निःशुल्क शौचालय

सहर–बजारमा सबैभन्दा ठूलो समस्या भनेको सार्वजनिक शौचालयको हो। भएका सार्वजनिक शौचालयमा पनि चर्काे मूल्य र अव्यवस्थित हुँदा नागरिकले हैरानी खेप्नुपरेको अवस्था थियो।

वाग्मती सफाइका नाममा सवा १२ अर्ब असुली, उपलब्धि शून्य

अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका अनुसार अहिलेसम्म सरसफाइका लागि १२ अर्ब २९ करोड ७७ लाख ८० हजार ३७४ रूपैयाँ उठिसकेको छ। तर प्रगति शून्य छ। वाग्मती नदी अहिले पनि ढलझैं बगिरहेको छ।

नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण

तरकारी आयात कम गर्ने र स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा तरकारी पकेट क्षेत्र निर्माण गरिएको छ।

जिब्रो छेड्ने जात्रा दिउँसो १२ बजेदेखि

भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा प्रत्येक वर्ष वैशाख २ मा हुने जिब्रो छेड्ने जात्रा यो वर्ष शनिबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ।

मेलम्ची खानेपानी समिति फेरि बिउँतियो

मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ।

मेलम्ची ब्युँझाउने प्रस्ताव अलपत्र

बजेट भाषणमार्फत् खारेज गरिएको मेलम्ची खानेपानी विकास समितिलाई ब्युँझाउन मन्त्रिपरिषद्मा लगिएको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ।

भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय नारायणहिटी दरबार क्षेत्रमा नयाँ वर्ष २०८० को भित्तेपात्रोको स्वीकृति लिनेको भीड बढ्न थालेको छ।

भित्तेपात्रो प्रकाशन गर्न पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्