२० असार २०८१ बिहीबार
image/svg+xml

भूकम्पपीडितलाई ठूलीभेरी नगरको सहयोग

जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद पाँच लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ।

राहतमा एकद्वार प्रणाली

जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पपीडितका लागि सरकारी र निजी क्षेत्रले शनिबार राहत तथा सहयोगको घोषणा गरेका छन्।

जाजरकोट र रुकुम पश्चिम शोकमा: राहतका पर्खाइमा छन् भूकम्पपीडित

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ।

जाजरकोटमा आजबाट राहत वितरणको काम सुरु

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पमा परी प्रभावित भएकाहरूको उद्धार कार्य सकिएको र आजबाट राहत वितरणको काम सुरु गर्न लागेको बताए।

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ।

क्षणभरमै गाउँ खण्डहर

‘भूकम्पले आमासँगै १३ र तीन वर्षका बहिनीहरू च्यापिएका थिए,’ सुरजले भने, ‘रातभरि एक्लै ढुंगा पन्छाएर उद्धार गरें ।’

पश्चिम नेपाललाई चेतावनी

बारेकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्पको गएको थियो । यो परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

१५७ को मृत्यु, मझौलो भूकम्प तर भयानक क्षति

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा ७२ महिला र ३३ पुरुष तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।

सबै ध्यान राहत र उद्धारमा केन्द्रित गर

क्षतिको जानकारी आउने क्रम जारी रहेकाले भूकम्पबाट मृत्यु हुने र घाइते हुनेको संख्या अझ बढ्न सक्नेछ । त्यति मात्र हैन, भूकम्पकै कारण हजारौँ घर भत्केका छन् भने घाइतेहरूलाई स्वास्थ्य संस्था लैजाने र उपचार गराउने क्रम पनि जारी छ ।

नलगाड अस्पतालका डा.उप्रेती भन्छन्ः ब्ल्याङ्केट, स्ट्रेचर र टेन्ट चाहियो

जाजरकोटको नलगाड नगरपालिकाको नगर अस्पतालमा कार्यरत डा.विशाल उप्रेतीले तत्काल राहत सामग्री चाहिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्