२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

फाइल तस्बिर

मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोटमा भूकम्पले पुर्‍याएको क्षति र राहतका विषयमा मन्त्रिपरिषदको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले नागरिक न्युजलाई बताए।

बैठक अहिले बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय सिंहदरवारमा बस्ने छ। बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्ने पनि उनले बताए।

उनले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको बैठक लगतै बिहान ९ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक पनि बोलाएका छन्।

प्रकाशित: १९ कार्तिक २०८० ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App