नागरिककर्मी खतिवडा सम्मानित
नागरिक अधिकारका पक्षमा कलम चलाएको भन्दै नागरिक दैनिक र नागरिकन्युज डटकमका दोलखा संवाददाता रमेश खतिवडा सम्मानित भएका छन्।
नागरिक अधिकारका पक्षमा कलम चलाएको भन्दै नागरिक दैनिक र नागरिकन्युज डटकमका दोलखा संवाददाता रमेश खतिवडा सम्मानित भएका छन्।
नागरिक दैनिकका धादिङ संवाददाता सरिता श्रेष्ठ सम्मानित भएकी छिन्। प्रयन्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) ले १७ औं वार्षिक साधारणसभाको अवसर पारेर श्रेष्ठलाई सम्मान गरेको हो।
प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा नेपाल रिपब्लिक मिडियाका प्रकाशनहरु नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा परेका छन् भने रिपब्लिका दैनिक ‘क’ वर्गमा परेको छ।
एक दशकभन्दा बढी बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका रोशनकुमार न्यौपाने विगत तीन महिनादेखि एनआइसी एसिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्। प्रमुख आन्तरिक लेखापरीक्षकको रूपमा तत्कालीन बैंक अफ एसिया, नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले एनआइसी एसिया बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् ।
अनु श्रेष्ठ २० वर्षदेखि लगातार फेसनको क्षेत्रमा छिन् । क्यालिस्टो फेसन डिजाइनमार्फत आम मानिसलाई आफैँले पेन्टिङ र डिजाइन गरेका कपडाले सन्तुष्ट पारिरहेकी उनी यस क्षेत्रमा अझै राम्रो काम गर्ने सोचमा छिन् । नेपालमा चलिरहेका बुटिकहरु नाम मात्रैका भएकाले आफ्नो कामलाई फेसन स्टुडियोका नामले चिनाउन चाहेको बताउने उनै श्रेष्ठसँग पुष्पा थपलियाले गरेको कुराकानी:
उद्यमी रविभक्त श्रेष्ठको व्यावसायिक करिअर लामो छ । कपडा पसलको पारिवारिक विरासतबाट व्यवसायमा अघि बढ्दै आएका रविभक्त अहिले बाबु इन्द्रभक्त श्रेष्ठले सन् १९७२ मा स्थापना गरेको एन. ई. ग्रुप (नेपाल इन्टरप्राइजेज) का अध्यक्ष छन् । उमेरले साठी उकालो लाग्दै गरेका रविभक्त म्यानुफ्याक्चरिङ, ब्याकिङ, इन्सुरेन्स, डिस्ट्रिब्युसन, इन्टरनेसनल ट्रेडिङ, कन्सल्टिङ सर्भिस र प्रोजेक्ट डेभलपमेन्टजस्ता आर्थिक क्षेत्रमा सक्रिय रहेको उनी बताउँछन् ।
लगभग चार करोड रुपैयाँ अचानक डुबेपछि उनी पोखरा बसिरहन सकेनन् र काठमाडौँ आइपुगका थिए । उनी दाइको पसलमा बसिरहेका बेला प्रहरी आयो र उनलाई पक्राउ ग-यो । उनी त्यहाँबाट भाग्न सक्थे तर भागेनन् । उनलाई लाग्थ्यो, पैसा डुब्ने र कमाउनु ठूलो कुरा होइन । जसको ऋण छ, उसलाई समयक्रममा तिरिहाल्छु तर कानुनले त्यस्तो नभन्दो रहेछ।
भनिन्छ, जस्ती आमा त्यस्तै छोरी । अभिनेत्री आना शर्मा र उनकी आमा रचना गुरुङलाई हेर्दा पनि त्यस्तै लाग्छ । दुवै मनोरञ्जन उद्योगमा सक्रिय छन् । आना फिल्ममा अभिनय गर्छिन्, रचना देशको सबैभन्दा चर्चित सौन्दर्य प्रतियोगिता मिस नेपालको कोरियोग्राफी गर्छिन्, त्यहाँ सहभागीहरुलाई तालिम दिन्छिन्, लाउने–खाने र जीवनलाई ‘मेन्टेन’ गर्ने मामिलामा पोख्त बनाउँछिन् ।
बेलप्रसाद श्रेष्ठ काठमाडौं उपत्यकाको पूर्वी नाका धुलिखेललाई रूपान्तरण गर्ने अभियानकर्ताको रूपमा चिनिन्छन्। पर्यटन व्यवसाय तथा राजनीतिक, सामाजिक सेवामा ६ दशक लामो समय बिताएका बेलप्रसाद हालै ७९ वर्षमा प्रवेश गरेका छन्। उनले ३६ वर्षअघि स्थापना गरेको होराइजन रिसोर्ट होटलको प्राङ्गणमा उनी टहलिइरहन्छन्, आफ्नै सालिकको सामुन्ने। सामान्यतया जिउँदो मानिसको सालिक राखिँदैन। तर, बेलप्रसाद भने त्यो मान्यताका विरोधी छन्।
अभिनेत्री सन्ध्या केसी टिभी होस्ट हुँदै फिल्ममा प्रवेश गरेकी हुन्। उनी कुन्दलिनी डायग्नोस्टिक सेन्टरमा बजार कार्यकारीको रुपमा जागिर पनि खाइरहेकी छिन्। अनमोल केसीको ‘ड्रिम्स’बाट फिल्ममा डेब्यू भएकी उनको ‘ह्याप्पी न्यू इयर’मा अभिनय थियो। उनी अभिनित ‘पण्डित बाजेको लौरी’, ‘कथा काठमाडौं’ र ‘कमलेको बिहे’ प्रदर्शनको तयारीमा छन्।
डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीका त्रिलोचन भट्ट १६ वर्षको उमेरमा २०४२ सालमा रोजगारी खोज्दै भारत छिरे। स्कुल पढ्ने उमेरमा बुबाको मृत्युपछि जागिर खोज्न भन्दै भारत छिरेका भट्ट उतै राजनीतिमा लागे। प्रवासमा रोजगारीसँगै राजनीतिक गतिविधिमा संलग्न उनी अहिले भने प्रदेश नम्बर ७ को मुख्यमन्त्री बनेका छन्।
सह–प्राध्यापक लालदेउसा राई सन् १९३३ मा जन्मिएका हुन्। राई त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक शिक्षक हुन् । राईले गोरखापत्र तथा राइजिङ नेपालमा समेत काम गरिसकेका छन्। बुबा चन्द्रध्वज देउसा राई र आमा शुभलक्ष्मी हुन्। राईलाई नेपाली पत्रकारिता जगतको पितासमेत मानिन्छ। ८० को दशक काटिसक्दा पनि प्राध्यापन पेशामा राई सक्रिय छन्।
पछिल्ला केही समययता जब कुनै यात्रामा निस्कन्छु, त्यसबेला लाग्न थालेको छ– जीवन एउटा अद्भूत क्यानभास हो र यात्रा चाहिँ त्यो क्यानभासमा चलाइने कुची हो। हामीले भर्ने यात्राको रङले हाम्रो जीवनको क्यानभासमा अद्भूत चित्रहरु कोर्ने गर्छौं। यस्तै एउटा क्यानभास यसपाला तिलिचो ताल घुम्न जाँदा मनमा कोरियो, जुन यहाँ मैले अक्षरका माध्यमले फोर्ने प्रयास गरेकी छु।
भारतको आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन्स (एनआरसी) को मस्याैदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी दलको व्यापक विरोधपछि आसामका गभर्नर जगदिस मुखीले सबै भारतीयको नाम अन्तिम सूचीमा आउने बताएका छन्।
हामीमध्ये धेरैले जिम्मेवारीलाई आवश्यकताभन्दा बढी बोक्ने गर्छौं । कहिले हामी परिवारलाई आवश्यकताभन्दा बढी बोकिरहेका हुन्छौँ र थोरबहुत सन्तुष्टि पनि कमाइरहेका हुन्छौँ । कहिलेकाहीँ हामीले जागिरलाई पनि आफूसँगै कार्यालयमा मात्र होइन घरमा पनि बोकेर हिँडिरहेका हुन्छौँ अनि बडो असन्तुष्टि पालेर हिँडिरहेका हुन्छौँ । जागिरले हाम्रो गोजी भर्छ तर यात्राले हाम्रो जिन्दगीलाई नै भरिदिन्छ ।