११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मानसिक तनाव र थकान

शारीरिक तथा मानसिक रुपले थाकेको अवस्थालाई ‘बर्न आउट’ भनिन्छ। आफ्नो व्यवसाय होस् वा अफिसको काम मानसिक तनावको अनुभव प्रायः सबैले गरेका हुन्छन्। शारीरिक परिश्रम धेरै गर्दा धेरै थकाइ लागेजस्तै दिनभरि बसेर टेबल वर्क गर्दा पनि त्यस्तै थकाइ लाग्छ। अझ अफिस, कार्यालय वा व्यवसायमा धेरै नै तनाव छ भने त्यसले अझ बढी थकाउँछ। मानसिक थकान ‘बर्न आउट’ कामको तनाव कै कारण हुन्छ।

‘फेसनलाई लुगामा सीमित राख्दिनँ’

फेसन भनेको लाइफस्टाइल हो। मानिसहरु लगाउने कपडा या गरगहनालाई मात्रै फेसन मानिरहेका हुन्छन्, त्यो त एउटा पार्ट मात्रै हो। हाम्रो घरपरिवार कसरी सम्हाल्छौं, आफ्नो परिवारलाई कुन तरिकाले ट्रिटमेन्ट गर्छौं, उनीहरुको अगाडि हामी कसरी प्रस्तुत हुन्छौं अनि सम्पूर्ण कुरालाई कसरी मेन्टेन गछौं, यी सबै फेसन हुन्।

‘बुबाको साक्षीमा बिहे’

‘सिक्ने कार्य स्कुल–कलेजमा औपचारिक रुपमा मात्र हैन जीवनपर्यत्न अनौपचारिक रुपमा सिक्न सकिन्छ। पढ्ने भन्ने कुरा जति पढे पनि सकिँदैन, जतिपढ्यो त्यति विस्तृत हुँदै जान्छ र गहिराइ बढ्दै जान्छ। जति जान्यो आफूलाई त्यति नजाने जस्तो हुन्छ। सायद ज्ञानको गहिराइको कुनै सीमा हुँदैन।’ सानैमा आफ्ना पिताबाट यस्तो शिक्षा पाएका लेखक तथा विश्लेषक श्याम श्रेष्ठ।

‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’

वसन्तपुरको सानो गल्ली । गल्लीसँगै जोडिएका अग्ला घरहरू । यिनै घरको एक कोठामा बसिरहेकी थिइन्, ज्ञानमाया मानन्धर । दुई साताअघि उनी बस्ने घर पुग्दा कोठाको ढोका खुला थियो । ज्ञानमाया बेडमा पल्टिरहेकी थिइन् । बेडको साइडमा केरा र सुन्तला मिलाएर राखिएको थियो ।

मनकाे अाखाँले जमेका मेजर

ललितपुरको महालक्ष्मीस्थानमा सानो सडकको छेउमा नयाँ र सुन्दर घर छ। घर साढे तीन तले छ। पवनले आफैं कमाएर घर बनाएका हुन्,रे। घर भर्खर फिनिसिङ भएको रहेछ। घरमा प्रवेश गर्दा कोठा पनि सुन्दर, सफा सजिएका छन्। पवनको परिवारमा उनकी श्रीमती शीतल घिमिरे र उनीहरुका दुईवटी छोरी १२ वर्षकी प्रिसल र ९ वर्षकी ईशल छन्।

घुमन्ते डाक्टर जोडी

सम्बन्ध बलियो बनाउनका लागि आपसी बुझाइ र साथ नै चाहिन्छ भन्ने कुराको नमुना जोडी हुन् डाक्टर सुधांशु केसी दम्पती। उनीहरुबीच धेरै कुरा भिन्न थिए जन्मठाउँ, हुर्कने तरिका र पेशा। तर, उनीहरु बीचमा समानता थियो बलियो प्रेम। त्यही प्रेमको डोरीले यो जोडीको २१ औं वैवाहिक जीवन सुमधुर रुपमा अघि बढिरहेको छ। संघर्ष, घुमफिर अनि कामसँगै जीवन यात्रा चलिरहेको छ।

बलात्कारका अभियुक्तसँग तीनवटा नागरिकता, सिडिओसहित तीन कर्मचारी छानविनमा

पाँचथरकाे फाल्गुनन्द गाउँपालिका ३ का देवेन्द्र शिवाले जात तथा धर्म समेत फरक पर्ने गरी किर्ते गरी नागरिकता बनाएको घटनाको छानविनमा तीन सरकारी कर्मचारी तानिएका छन्। तीन वटा नागरिकता बनाएका शिवाले अन्तिम पटक २०७२ सालमा नागरिकता बनाउँदा संलग्न सम्बन्धित क्षेत्रका कर्मचारी छानविनको दायरामा परेका हुन।

विवाहमा सुन्दर देखिने तरिका

विवाहमा सुन्दर देखिने अधिकांशको इच्छा हुन्छ । सुन्दरताका लागि अनुहारमा चमक आउनु आवश्यक हुन्छ । विवाहमा सुन्दर अनुहारका साथै स्वस्थ छालाका लागि ध्यानदिनुपर्ने विषयमा छाला तथा कस्मेटिक विशेषज्ञ डा. जेबिना लामासँग उपेन्द्र खड्काले गरेको कुराकानी ।

बेहुली बन्नका लागि तीन मेकअप सुझाव

हुन त आजभोलिका बेहुलीहरु बिहेमा मेकअप कि त ब्युटिसियनसँग, कि त मेकअप आर्टिस्टसँग नै गराउँछन् । तर कुनै समय यस्तो पनि आउँछ कि उनीहरुसँग न त मेकअप आर्टिस्ट हुन्छन्, न त ब्युटिपार्लर जाने समय नै । यस्तो समयमा बेहुलीले कसरी आफ्नो मेकअप आफैँ गर्न सक्लान् त ? केही सुझावहरु :

बेहुलीका लेहेङ्गा

न्युरोडकी सनिता महर्जन र उनका श्रीमान् कुपन्डोलमा अवस्थित लाइक्रा बुटिकमा बिहेका कपडा हेर्दै थिए । उनीहरुलाई रातो कलरको, जताततै हातले बुनेको चित्रसहितको सुन्दर लेहेङ्गा खुब मन प-यो । सनिताका श्रीमान्ले त्यो लेहेङ्गा धेरै पटक उचाले र करिब ५ या ६ केजीको हुनसक्ने अनुमान पनि गरे र एक्लै गुनगुनाए, यस्तो गह्रौं कपडा लगाउने हुन् पो कसरी ।

विवाह प्याकेज : कुरा छिनोफानोदेखि हनिमुनसम्म

गत वर्ष मंसिरको एक साँझ नेपाल पुलिस क्लब बेहुलीजस्तै सिँगारियो । स्वागतका लागि उभ्याइएको ‘स्वागत गेट’ उदाउँदै गरेको सूर्यको सुन्दरताभन्दा कम थिएन । खुला प्रांगणमा मण्डप तयार भयो । मण्डपमा सजाउन कुनै कुराको कमी हुन दिइनन् निता पौडेलले । लाइटलाई कलात्मक रूपमा खेलाइन् । वरिपरिको वातावरण यसरी भव्य भयो, कैयन् विवाहका मण्डप देखेका प्रहरीले पुलिस क्लबको यो सुन्दरता कहिले देखेका थिएनन् ।

नयाँ दुलही परिवारमा कसरी समायोजित हुन्छिन् ?

विवाह दुई फरक परिवेशमा हुर्केका केटा र केटीले एउटै परिवार बनेर सहयात्रा आरम्भ गर्ने बिन्दु हो । नेपालको सामाजिक परिवेशअनुसार विवाहपछि दुलही दुलाहाको घर जानुपर्छ। आफू जन्मेहुर्केको परिवार छोडेर नयाँ परिवारमा समायोजित हुनुपर्ने भएकाले उनलाई सुरुमा असहज लाग्नु स्वाभाविकै हो । यसरी नयाँ परिवारको सदस्य बनेर जाँदा त्यहाँ घुलमिल हुन कसरी सहज हुन्छ भन्ने कुरामा दुलहीको आफ्नै, दुलाहाको, दुलाहाका परिवारको र दुलहीका माइतीको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसबारेमा आफ्नो ठाउँबाट कसले कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा चर्चा गरौँ ।

विवाह किन अत्याचारी संस्था हो ?

विवाह, परिवार र नातासम्बन्ध मानव समाजको सबैभन्दा पुरानो संस्थाहरु हुन् । यी तीनवटै संस्थाहरु अन्तरसम्बन्धित र विश्वव्यापी छ । विवाह दुवै परिवार र नातासम्बन्धसँग मात्र जोडिएको छैन, यो सँग अंश, वंश, पहिचान, थर, प्रथाजन्य कानुन र परम्परा, ऐन कानुन, नीति नियम, प्रथा र परम्परा, यौनसम्बन्ध, मायाप्रेम, न्याय, दासता, शोषण, द्वन्द्व, मुक्ति, मूल्य र मान्यता, धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, नैतिक, राजनीतिक, पारिवारिक र व्यक्तिगतलगायतका यावत् कुरा जोडिएकोले यो आफैँमा विशाल संसार जस्तो छ ।

विवाह गर्दा धर्म त्याग्नु पर्छ

विभिन्न समुदाय र धर्मका विभिन्न संस्कार छन् । विवाह गर्दा पनि आ–आफ्नो रीतिरिवाज र संस्कारबाट गरिन्छ । कुनै एक समुदायले अर्काे समुदायसँग विवाह गर्दा प्राय धर्ममा प्रवेश गर्ने वचन दिनु पर्दैन् । तर, सिख (सरदार) समुदायमा भने धर्म परिवर्तनको वाचन गर्नुपर्छ । यदि वचन दिइएन भने उक्त विवाह सम्भव छैन ।

गुँथ्न छोडियो फेटा, बज्न छाड्यो डम्फु

शिरमा ढाका टोपी । टाउकोमा मामाले गुँथिदिएको सेतो फेटा । निधारमा छपक्क टाँसिएका सेतै अक्षता । फेटाको फेरोभरि चेलिबेटी र आफन्तले दक्षिणामा घुसाइदिएको नोट रुपैयाँको झपक्क घेरा । उलिनकाठ (डोली) चढेर लगनगाँठो कँस्न घरबाट अन्मिदा सिन्धुपाल्चोक, कदमबास गाउँका ज्ञानबहादुर तामाङ भर्खर १७ वर्षका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्