१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मधेसमा विवाह : दाइजोले उकुसमुकुस

मधेसी समाजमा केटी पक्ष विवाहको पहिलो कुरा छिन्न केटाको घरमा जानुअघि आफ्नो औकात केटापक्षकै जस्तो बलियो बनाउनुपर्छ । केटा पक्षले सर्तमाथि सर्त राख्दै जान्छन्, केटी पक्षले यति त सक्दिनँ भन्दै मोलमोलाई (बार्गेनिङ) गर्दै सर्त घटाउने प्रयत्न गर्छन् । मोलमोलाइको यो क्रम महिनौँसम्म चल्छ । दुवै पक्षका मध्यस्थकर्ता कुरा मिलाउन दौडधूप गर्छन् ।

चर्चमा ‘पवित्र विवाह’

ब्राह्मणको ठाउँमा चर्चका पास्टर । उनै पास्टरले विवाहको विधि पु-याइदिन्छन् । न सिन्दुर, न त टिकाटालो । ‘प्रभु’का अगाडि गरिने ‘कहिल्यै नछुट्ने बाचा’ नै बलियो ‘लगनगाँठो’ सरह हुन्छ । क्रिश्चियन धर्मका अनुयायीहरुको वैवाहिक रीतिलाई यसका अनुयायीहरु हिन्दुको भन्दा खासै फरक मान्दैनन् ।

विवाहको वैदिक मान्यता

सनातन वैदिक मान्यताअनुसार विवाह गृहस्थाश्रममा प्रवेश गर्ने महत्वपूर्ण अवसर हो । उमेर पुगेका युवायुवती दुवैले विधिवत् रूपमा ब्रह्मचर्यका नियमको अन्त्य गरी नयाँ जीवनमा प्रवेश गर्ने काम यहीँबाट प्रारम्भ हुन्छ । विवाहमा दुवै पक्षका अभिभावकको स्वीकृति, सहमति र संरक्षकत्वमा कुलघरान र गुण मिल्ने केटा र केटीबीच पतिपत्नीको सम्बन्ध गाँसिन्छ ।

जनकपुरधाममा विवाहपञ्चमीकाे रमझम

अहिले फेरि जनकपुरधाम चर्चामा आउन थालेको छ । त्यसको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन् । आगामी मंसिर २६ गते (२०१८) विवाह पञ्चमीको अवसरमा उनी अयोध्याबाट जन्तीकै रुपमा सामेल हुन आउने कुरा यहाँ आइसकेको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आउन लागेका उनी त्यसै अवसरमा जनकपुरधाम (कुर्था) (जयनगर भारत) ब्रोडगेज रेलवेको जनकपुरधामबाट शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ ।

अनलाइनबाट साथी चुन्दा ख्याल राख्नुस्

जीवनसाथी डटकम, नेपाली माट्रिमोनी डटकम, कम्युनिटीमाट्रिमोनी डटकम जस्ता वेबसाइटमा कतिपय नेपाली भाषी समुदाय र कतिपय नेपाली युवाले आफ्नो वैवाहिक जीवनको विज्ञापन गरिरहेका हुन्छन् । अनलाइनमा हरेक उमेर समूह, धर्म, जाति, शिक्षा र व्यवसायिक क्षेत्रका आधारमा वरवधु चयन गर्न सकिन्छ । यस्ता अनलाइन एक हिसाबले बरदान साबित भएको छ भने कतिका लागि अभिशापसमेत बन्न पुगेको छ ।

नयाँ घरमा खुसी ल्याउने १९ सुत्र

भर्खरै बिहे भएको परिवारमा खुसी ल्याउने जिम्मा नयाँ बुहारीको भागमा पर्छ । नयाँ दुलहीले सबै किसिमका आशा पूरा गर्न सक्छु कि सक्तिनँ भनेर अनेकौँ प्रश्न दिमागमा घुमाइरहेका हुन्छन् र घुम्छन् पनि । नयाँ दुलही कसरी नयाँ घरमा घुलमिल हुने ? यसका केही अचुक उपाय यस्ता छन्ः

बिहेअघि ध्यान दिनुपर्ने कुरा

एउटी दुलही जब परिवार छाडेर नयाँ घरमा पुग्छे, उसका चासाे र चिन्ता फरक हुन्छन्। उसका सासु-ससुरा हुन्, नन्द-देवर हुन्, जेठाजु-जेठानी सबैका अाफ्ना चासाे र सराेकार हुन्छन्। त्यस्ता चासाे र सराेकारलार्इ कसरी सम्बाेधन गर्ने ?

त्याे समयकाे विवाह

गत असोज ७ गते राष्ट्रकविका रुपमा ख्याति पाएका माधवप्रसाद घिमिरेले आफ्नो सयौँ जन्मदिन मनाए । उनको शरीर बुढो हुँदै गएको छ, उनलाई  आफ्नै बगैँचामा जाँदा डो-याउनुपर्छ । केही समयअघि रगत ‘इन्फेक्सन’ भएपछि कम हिँडडुल गर्ने गरेका घिमिरेको शरीर थाकेजस्तो देखिए पनि  उनको आत्मविश्वास, उनको अध्ययनशीलता र उनको निरन्तर लेखाइ–पढाइमा कुनै थकावट आएको छैन ।

फिल्मले जुराएको रोमान्टिक जोडी

‘१० वर्षदेखि काम गर्दा नपाएको चर्चा अहिले पो पाइयो । बिहे गरेपछि पो हिट भइयो,’ अभिनेत्री दीपिका प्रसाईंसँगको वैवाहिक सम्बन्ध सार्वजनिक गरेपछि फिल्म निर्देशक दिवाकर भट्टराई अहिले दंग छन् ।पर्दापछि काम गरेर रमाइरहेका भट्टराई अहिले पर्दाअघि छाइरहेका छन् । सायद हिरोइनसँग बिहे गर्दाको फाइदा होला !

कस्ताे छ मंसिर महिनाकाे मासिक ग्रहफल ?

उन्नति प्रगतिको योग आएको छ । विवाह हुने योग परेको छ । विद्यार्थीका लागि वैदेशिक यात्राको समय रहेको छ । साथीभाइ इष्टमित्रहरुबाट सरकारी जागिरको योग छ । चर्मसम्बन्धी रोगले केही समय सताउन सक्ने देखिन्छ । सामान्यतया कर्मफल राम्रो छ ।

आरती

मेरो जीवनमा पनि लगभग खुसी रित्तिएको थियो । परिवारको दबाब थियो– पढाइ छाड् र बिहे गर् । मलाई बिहे गर्ने कुनै रुचि थिएन न त पढाइ छाड्ने नै ! भर्खरै त १२ पढिरहेकी छु । पढाइ पनि नराम्रो छैन । राम्रो परिवारको केटो भन्नेबित्तिकै हाम्फाल्न मेरो मनले मानेको छैन।

संस्कार र परम्परा

कहिलेकाहीँ हामी नजिकका आफन्तको महत्व बुझ्दैनौँ । छेउमै भएको महान् आत्मालाई पनि कम आँक्छौँ । दुःख, आपत् र दुर्दिनका अवस्थामा मात्र कोही हुनु वा नहुनुको महत्वबोध हुनपुग्छ । यो कुरा कुनै समाज वा परिवारको कुरा मात्र होइन, हरेक समाज र हरेक परिवारको कथा हो।

गाउँबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

जिल्ला प्रशासन कार्यालय रसुवाले गाउँबाटै प्रतिलिपि नागरिकता वितरण सुरु गरेको छ। २०५५ साल यता जारी भएका नागरिकताको प्रतिलिपि जिल्लाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङबाट वितरण सुरु गरेको हो।

तेस्रो लिंगी खुलाएर नागरिकता दिनुपर्ने

तेस्रो लिंगीलाई अन्यमा नराखीकन लिंग खुलाएर नागरिकताको प्रमाणपत्र दिनुपर्ने माग गरिएको छ। राज्य व्यवस्था समितिले शुक्रबार सरोकारवालासँग गरेको छलफलमा यस्तो माग भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्