२० आश्विन २०८१ आइतबार
image/svg+xml

खाप टोलका १ सय १० परिवारलाई राहत

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहालले विपन्न परिवारका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

बाढीपहिरोले विस्थापितलाई बेनी नगरले आपतकालीन राहत स्वरुप १५ हजार दिने

बेनी नगरपालिकाले बाढीपहिरोको कारण पूर्णरूपमा विस्थापित भएकालाई तत्काल आपतकालीन राहत स्वरूप १५ हजार नगद सहयोग गर्ने भएको छ ।

राउटे समुदायमा सिधै राहत वितरण गर्न नपाइने

राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समुदायको बस्तीमा पुगेर राहत वितरण गर्ने कार्यमा रोक लगाएको छ।

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप एक/एक लाख रूपैयाँ दिने घोषणा गरेको छ ।

राहत अभियान–हामी छौं, तपाई भोकै बस्नुपर्दैन’

भोकै बस्ने परिवारलाई राहतको अभियान शुरु गरिएको छ । अति विपन्न परिवारलाई तीनजना सञ्चारकर्मीले राहत अभियान चलाएका छन् । अभियानको नारा छ –‘हामी छौं, तपाई भोकै बस्नु पर्दैन् ।’

ज्योति गुप्रद्वारा कोभिड राहत

ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब दुई करोड रकम सहयोगस्वरूप प्रदान गरेको छ।

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन्।

वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत वितरण

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएकालाई १९ लाख ८० हजार रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म कार्यालयले ३ सय ४१ जनालाई राहत रकम उपलब्ध गराएको हो ।

आगलागी पीडितलाई लायन्सको राहत

आगलागीबाट घरबार विहिन भएका पीडितहरु परिवारहरु खुल्ला चौरमा रेडक्रसले दिएको प्लाष्टिकको पालमा बसेका छन्।दिउँसोको समयमा घरमा कोही नभएको बेला भएको आगलागीका कारण पीडितहरुले अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पनि बाहिर ल्याउन पाएनन्।

डढेलोबाट विस्थापित परिवारलाई राहत

गत चैत २२ गते स्थानीय सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका छविलाल ढकाल, डम्बरप्रसाद गेलाल, उद्धव भुजेल, नरबहादुर भुजेल र यामबहादुर भुजेल परिवारलाई कोषले राहत प्रदान गरेको हो।

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ।

अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेकाे १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ। राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन्।

मेरिङ्देनद्वारा दोभान बजारका अग्नि पीडितलाई प्राप्त राहत र वितरणको अवस्था सार्वजनिक

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा अग्नि पीडितका लागि हालसम्म प्राप्त भएको राहत र वितरण भएको परिमाण सार्वजनिक गरेको छ। गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट प्रति परिवार १५ हजारका दरले ९ लाख रुपैयाँ आपतकालिन राहत वितरण गरेको छ।

वर्षदिनमै चर्कियो भवन

पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–८ कुनाथरीस्थित सरस्वती आधारभूत विद्यालयको दुईकोठे भवन बनेको वर्षदिनमै चर्किएको छ। उक्त भवन निर्माणका लागि २०७६ वैशाख २६ गते सम्झौता भएर एक महिनामै बनाइएको थियो। जिल्ला समन्वय समितिको २५ लाख अनुदानमा निर्माण भएको भवन वर्ष दिनमै चर्किएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्