२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूकम्पपीडितकाे संयुक्त लालपुर्जा

भूकम्पका कारण जोखिममा परेका ७९ प्रतिशत प्रभावितले संयुक्त लालपुर्जा बनाएका छन्। घर बनाउन नयाँ स्थानमा घडेरी खरिद गरेका ती परिवारले संयुक्त लालपुर्जा बनाएका हुन्। जिल्ला आयोजना कार्यान्वयन एकाइ, रसुवाका अनुसार जिल्लामा चार सय १६ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरिसकिएको छ।

फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प

फिलिपिन्सको दक्षिणी आईसल्याण्ड मिन्डानउमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। शक्तिशाली भूकम्पसँगै सुनामी आउने खतरा रहे पनि त्यो टरेको अधिकारीहरुले बताएका छन्।

भूकम्प र पहिरोले विस्थापित केरौँजावासीलाई बल्ला लालपुर्जा, घर कहिले ?

भुकम्पको ४४ महिना बित्यो। घर भत्किएका पीडितले ठड्याईसके, केही बनाउँदै छन् । केन्द्रबिन्दु जिल्ला गोरखाको केरौँजाका स्थानीयले भने बल्ल लालपुर्जा पाएका छन् । एउटा सानो घर अड्ने जमिनसमेत नभएपछि अस्थायी टहरामा गुजारा चलाउँदै आएकाहरुलाई चरण–चरणमा घर बनाउने ठाउँको लालपुर्जा बितरण गरिएको छ ।

एकीकृत बस्तीमा छेस्युग जात्राको रौनक

भूकम्पबाट विस्थापित भएर जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित ढोलामा एकीकृत नमुना बस्ती निर्माण गरेर बसिरहेका तामाङ जातिले छेस्युग(माने) जात्रा मनाएका छन्। प्राचीनकालदेखि नै मानिँदै आएको लोक सांस्कृतिक परम्परा पौराणिक (छेस्युग) संस्कृतिलाई निरन्तरता दिन उनीहरू अग्रसर भएका हुन्।

पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी सुरु (फाेटाे फिचर)

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

भूकम्पले भत्किएका २४३ सम्पदा पुनःनिर्माण अलपत्र

गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदा पुनःनिर्माणकाे काम भने सुरु हुन सकेको छैन। भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

भूकम्पको कृतिम अभ्यास

दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका वडाध्यक्ष हरिश जोशीले आफ्नो कार्यकक्षमा रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको मोबाइलमा फोन गरे। हतारिएको स्वरमा उनले भने, ‘सर भर्खर यहाँ भूकम्प आयो, धेरै क्षति भएको अनुमान छ।

तीन वर्षमा ३७ हजार घर निर्माण

भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्ष बित्दा ४५% भूकम्पपीडितले मात्र घर निर्माण सम्पन्न गरेका छन्। प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका कुल सात लाख ४२ हजार एक सय ३५ भूकम्पपीडितमध्ये तीन लाख ३७ हजार तीन सय १९ घरधनीले मात्र घर पुनर्निर्माण सम्पन्न गरेका छन्। त्यस्तै, दुई लाख ३३ हजार तीन सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ।

घर बनाउने जग्गा खोज्दै बित्यो तीन वर्ष

रसुवाका १ हजार १५ परिवार बसिरहेका बस्तीहरू सुरक्षित छैनन्। भूकम्पका कारण जमिन चिरिएर तथा पहिरो गएर ती बस्तीहरू असुरक्षित बनेका हुन्।

भूकम्पको समाजशास्त्र

पछिल्लो समय २०७२ सालमा नेपाली समाजले भूकम्पबाट ठूलो क्षति बेहोर्नुप-यो। भूकम्पका कारण भएको क्षतिबाट माथि उठ्न सकिरहेको छैन। यसको कारण मुलुकको झण्डै आधा भाग प्रभावित हुन पुगेको छ। १४ जिल्ला अति प्रभावित र थप १७ जिल्ला कम प्रभावित गरी ३१ जिल्लामा भूकम्पले क्षति पु-याएको छ।

अझै टेकोमै छन् भक्तपुरका घर

भूकम्पले क्षतिग्रस्त भक्तपुरका अधिकांश घरहरू अझै टेकोका भरमा छन्। भक्तपुरका पुराना बस्तीहरू बंशगोपाल, सुकुलढोका, टेखापुखु, दत्तात्रय, चोर्चा, टौमढी, गोल्मढी, दरवार स्क्वायर क्षेत्रका घरमा अझै टेको हट्न सकेको छैन। घरमा टेको लगाउनु घरधनीको रहर होइन, बाध्यता हो। यसको मुख्य कारण हो– आर्थिक अभाव। जसका कारण यहाँका भूकम्पपीडितले घर बनाउन पाएका छैनन्।

भूकम्पको धक्का महशुस

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ। बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

टहरामै भक्तपुरका भूकम्पपीडित

२०७२ सालको भूकम्पपछि निरन्तर टहरामा बसिरहेको भक्तपुरका धेरै भूकम्पपीडितको यो वर्षको जाडो पनि टहरामै बित्ने भएको छ। घर पुननिर्माण गर्न नसक्दा उनीहरू अझै अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य छन्।

पहिले घर बनाउनेले अनुदान पाएनन्

खोटाङका स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनअघि घर ठड्याएका भूकम्पपीडित आवास अनुदानबाट वञ्चित हुनुपरेको बताएका छन्।

भूकम्पको ४१ महिनापछि बल्ल सर्भे

भूकम्पले पूर्ण क्षति भएका जिल्लाका दुईवटा विद्यालय पुनर्निर्माणका लागि बल्ल सर्भे सुरु भएको छ। भूकम्पको ४१ महिनापछि नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवविजयी मावि पुनर्निर्माणका लागि सर्भे थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्