२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीको दाबी– २० महिनाभित्र भूकम्पले भत्काएका सबै संरचना बन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अब २० महिनाभित्र २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्याएका सबै संरचना निर्माण भइसक्ने दाबी गरेका छन्। गोरखा भूकम्पको चौथो स्मृतिसभाको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही सम्पदाबाहेक निजी आवास र सरकारी भवनहरू निर्माण भइसक्ने दाबी गरेका हुन्।

विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको स्मृति खातामा

विनासकारी भूकम्प गएको चार वर्ष बितेको छ। धादिङमा भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुदाँ अझै पनि टहरा र खुल्ला आकाशमुनि पढ्न बाध्य छन्। उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं ५ सत्यदेवीमा रहेको बच्छलादेवी माध्यमिक विद्यालयमा अझै पनि टहरामा नै पढाई हुन्छ।

यसरी ठडिए सिन्धुका गाउँ–बस्ती (फोटो फिचर)

२०७२ वैशाख १२ गते निम्तिएको बिनासकारी भूकम्पको बिहीबार चार वर्ष पूरा भएको छ। बढी प्रभावित १३ र कम प्रभावित १९ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोक भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको जिल्ला हो। तीन हजार दुई सय ७२ को ज्यान लिएको भूकम्पले ९० प्रतिशतभन्दा बढी घर, संरचना ध्वस्त बनाएको थियो।

भूकम्पबाट सुरक्षित रहन 'डेमो'

बिहीबार बिहान दस बजेर २१ मिनेटको समय थियो। यति कैमा ठूलो आवाजका साथ ठूलै भूकम्प आयो। जताततै कोलाहल मच्चियो। जताततैबाट ह्वारह्वारती विद्यार्थी बाहिर निस्कन थाले। आआफ्नो कक्षाकोठामा पढिरहेका विद्यार्थी आआफूलाई सुरक्षित गर्दै दुवै हात टाउकोमा राखेर निस्किए।

शिक्षा प्रदायक भूकम्प

ठूलो जन/धनको क्षति गर्ने क्षमताको भूकम्प आइवरी गएको पनि ४ वर्ष बितेको छ। तर पनि यो भूकम्पको त्रास भने आममानसपटलबाट हराइसकेको छैन।

महाभूकम्पका चार वर्ष

महाभूकम्प गएको (२०७२ वैशाख १२) ४ वर्ष पूरा भएर पाँचमा लाग्यो। त्यतिबेलाका कहालीलाग्दा दृश्य र भोगाइ हाम्रो स्मरणबाट बिस्तारै धूमिल हुँदै गएका छन्। भूकम्पबाट क्षति भएका संरचना छिटो, सुरक्षित र व्यवस्थित रूपमा पुनर्निर्माण गर्न सरकारले गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम सुरु गरेको पनि ३ वर्षभन्दा बढी भइसक्यो।

विपद् व्यवस्थापनमा बेवास्ता

संवत् १७७१ असारमा ठूलो स्केलको भूकम्प, १८९० भदौ १२ मा ८ रेक्टर स्केलको महाभूकम्प, १९९० माघ २ मा ८.४ रेक्टरको महाभूकम्प अनि २०७२ वैशाख १२ मा ७.८ रेक्टर स्केलको मझौला भूकम्प गएको थियो। विगतमा सय–सय वर्षमा भूकम्प छुटेकामा यसपटक ८२ वर्ष नबित्दै भूकम्प झ्वाट्टै आयो र ५५ सेकेन्डमै बिदा भयो। १९९० मा २ मिनेट, १८९० मा ४४ सेकेन्ड अनि १७७१ मा अन्दाजी १ मिनेटको भूकम्प थियो।

काभ्रेमा पुनर्निर्माण सुस्त

भूकम्पपछिको अवधिमा टहराबाट पक्की घरमा सर्ने लाभग्राहीको संख्या ४० प्रतिशत पनि नपुगेको जिल्ला अयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकले देखाउँछ।

सावधानी र पुनर्निर्माणमा खेलाँची

२०७२ वैशाख १२ गते मुलुकमा भूकम्पले ठूलो क्षति पु¥यायो। नेपालका लागि यो स्मरणीय प्राकृतिक विपत्तिको घडी हो। मानवीय क्षतिका हिसाबले पनि यो ठूलो घटना हो। तर, थाहा नहुनेगरी जुनसुकै बेला पनि हुन सक्ने यस्ता आपत्विपद्बाट जोगिन गरिने तयारी भने न्यून छ। विनासकारी भूकम्पको चार–चार वर्ष बित्दा पनि सरकारले त्यतिबेला भएको क्षति फर्काउन अझै सकेको छैन।

लाभग्राही सूचीमा नाम निस्कियो, घर बनाउने टुंगो छैन

२०७२ साल १२ गते भूकम्प गएको चार वर्ष बितिसक्दा पनि उत्तरी धादिङको गंगाजमुना गाउँपालिकास्थित करङका सुनबहादुर तामाङको परिवार टहरामै छ। पहिरोले घेरिएको गाउँमा बस्न नसकेपछि सदरमुकाम झरेको उनको परिवार दामगाडेमा अस्थायी टहरामै बस्दै आएको हो। भूकम्पपछि घर निर्माणका लागि लाभग्राही सूचीमा नाम नअटेपछि उनले गुनासोमा नाम भरेका थिए। गत पुसमा मात्र बल्ल लाभग्राहीको सूचीमा उनको नाम अट्यो। नाम आएपछि जग्गा किन्न दुई लाख रुपैयाँ र पहिलो किस्ताको ५० हजार रुपैयाँ पाए पनि घर बनाउने टुंगो नलागेको उनले बताए। ‘गाउँमा फर्किऊँ पहिरोको जोखिम छ, सरकारले घर बनाउन मिल्दैन भनेको छ,’ उनले भने।

‘प्राविधिककै कारण पुनर्निर्माण अल्झियो’

भूकम्प गएको चार वर्ष बित्दा पनि झन्झटिलो प्रक्रिया र प्राविधिकै लापरवाहीले सिन्धुलीमा पुर्ननिर्माणमा ढिलासुस्ती देखिएको छ। खटाइएको वडामा प्राविधिकहरू नबस्दा भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। जनप्रतिनिधि र प्राविधिकको समन्वय नभएकाले निजी आवासमा प्रगति हुन नसकेको जनप्रतिनिधिकै गुनासो छ।

आवासबाहेकका संरचना निर्माण ओझेलमा

भूकम्पले उथलपुथल बनाएको रसुवामा निजी आवास पुनर्निर्माणले भने प्राथमिकता पाएकै हो तर अन्य संरचना निर्माण भने ओझेलमा छन्। उत्तरगया गाउँपालिका–४ मा रहेको नवविजयी माविमा पुगनपुग दुई सय विद्यार्थी अध्ययनरत छन्। चिराचिरा परेका कारण रातो स्टिकर टाँसिएको भवनमै पढाउनुपरेको विद्यालयका प्रधानाध्यापक रमेशकुमार लामिछानेले बताए।

‘गुम्बाको गाउँ’ पहिचान संकटमा

२०७२ वैशाख १२ गतेको भूकम्पले पर्यटकीय गाउँ हेलम्बुको मेलम्ची घ्याङस्थित झन्डै पाँच सय वर्ष पुरानो डुक्फुक ङिन्धा राङ्जेन गुम्बा भत्काएको आज ठीक चार वर्ष पूरा हुँदै छ। तर त्यस गुम्बाको ध्यान–साधनास्थल पुनर्निर्माण हुन सकेको छैन। पुनर्निर्माणका लागि सरकारको मुख ताकेर बसेका स्थानीय अहिले गुम्बानजिकै टाँसिएको सार्वजनिक सूचना देखेर अवाक् भएका छन्। सो सूचनामा गुम्बा पुनर्निर्माण अघि बढाउन मेलम्ची घ्याङ गाउँ सुधार समितिले सहयोगको अपिल गरेको छ।

बदलियो बारपाक

भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ। गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्