१० मंसिर २०८१ सोमबार
image/svg+xml
बुद्धिनारायण श्रेष्ठ


बुद्धिनारायण श्रेष्ठका लेखहरु :

राष्ट्रपतिप्रति चिनिया सत्कार

चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) उच्चस्तरीय सम्मेलनमा सम्बोधन गर्न भएको राष्ट्रपति विद्यादेवी भण्डारीको आठदिने भ्रमणलाई चीनले निकै महत्त्व दियो।

विपद् व्यवस्थापनमा बेवास्ता

संवत् १७७१ असारमा ठूलो स्केलको भूकम्प, १८९० भदौ १२ मा ८ रेक्टर स्केलको महाभूकम्प, १९९० माघ २ मा ८.४ रेक्टरको महाभूकम्प अनि २०७२ वैशाख १२ मा ७.८ रेक्टर स्केलको मझौला भूकम्प गएको थियो। विगतमा सय–सय वर्षमा भूकम्प छुटेकामा यसपटक ८२ वर्ष नबित्दै भूकम्प झ्वाट्टै आयो र ५५ सेकेन्डमै बिदा भयो। १९९० मा २ मिनेट, १८९० मा ४४ सेकेन्ड अनि १७७१ मा अन्दाजी १ मिनेटको भूकम्प थियो।

पृथ्वीनारायणको कालजयी उक्ति

नेपालको भौगोलिक सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहको २ सय ४४ वर्षअघिको विचार र उनको उद्गार आजका समयमा पनि सान्दर्भिक पाइन्छ। मर्नुभन्दा पहिले उनले नेपालको आन्तरिक सुरक्षा, कूटनीति, परराष्ट्र नीति, आर्थिक, सामाजिक तथा सीमासम्बन्धी राजनीतिका विषयमा उद्गार व्यक्त गरेका थिए। उनको यस्तो उद्गार केही मात्रामा अवलम्बन गरिएको पाइन्छ भने अन्य कतिपय बुँदा नेपालको वर्तमान राजनीतिक परिस्थितिमा पनि उपयोगी देखिन्छ।

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (एभरेस्ट÷चोमोलोङमा) चढ्न संसारभरका मानिस लालायित छन् । कुनै एक पर्वतारोहीको अन्तिम मन्जिल सगरमाथा आरोहण हो । विश्वका विभिन्न देशका विभिन्न पर्वत चुली चढिसकेका आरोहीहरूले अन्तिममा सगरमाथाको टुप्पोमाथि उक्लने लक्ष राखेका हुन्छन्।

भुइँचालोको तीन वर्ष र हाम्रो चाल

ठीक तीन वर्षअघि आजकै दिन ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड हल्लाएर जनतालाई त्राहिमाम बनाएको थियो । मुख्य कम्पनपछि २०७४ फागुन १८ सम्म ४ रिक्टरसम्मका ४९८ पराकम्पन छुटेका छन् ।

कसरी हेर्ने पृथ्वीनारायणलाई ?

गत वर्ष पृथ्वी जयन्तीको अघि र पछि विभिन्न दैनिक पत्रपत्रिकामा पृथ्वीनारायण शाहले सुरु गरेको अभियान एकीकरण हो कि विस्तारीकरण हो भन्ने सम्बन्धमा चर्चा–परिचर्चा भएको थियो । धेरैजसो लेख र पाठकपत्रमा प्रकाशित टिप्पणी र मन्तव्यमा पृथ्वीनारायणको अभियान सीमा एकीकरण नै हो भन्ने व्याख्या गरिएको थियो । एदाकदा लेखमा चाहिँ गोरखा राज्य विस्तारीकरण गर्न खोजिएको हो । के पृथ्वीनारायणमाथि प्रश्न गर्न पाइँदैन र भन्ने प्रकारको थियो । यस प्रसंगमा मज्जाले प्रश्न गर्न पाइन्छ । तर गुण र दोषको मात्रा केलाउनुपर्छ । हामीले मनन गर्नुपर्ने कुरा के हो भने– इतिहासले के भन्छ, पृथ्वीनारायणको क्रियाकलाप कस्तो रहेको थियो, स्वदेशी विद्वत्वर्गको व्याख्या के रहेको छ र तत्कालीन ब्रिटिस जानकारहरूले सत्यतथ्य लेखेका छन् छैनन् भनी खोतल्नुपर्ने हुन्छ ।

घोषणापत्रहरुको सीमा

सिद्धान्ततः पार्टीहरूले गर्ने राजनीति सबै नीतिहरूको राजा हो । राजनीतिले नै अन्य नीतिहरूलाई परिचालित गरिरहेको हुन्छ । राजनीति ठीक दिशातर्पm गएन भने अन्य नीतिहरू कामयाव हुन सक्दैनन् । यसैले राजनीति भनेको सामान्यतया नीतिशील, सिद्धान्तयुक्त, विचारशील, दर्शनयुक्त र आदर्शपालक हुनुपर्छ ।

रोहिंग्या खुला सीमाबाट नेपालतर्फ

दिल्ली पहाडगन्जको मामुली लजमा अनि काठमाडौंस्थित सुन्धाराको साधारण गेस्ट हाउसमा रात बिताउन यात्रुले आफ्नो परिचयपत्र प्रस्तुत गर्नुपर्छ भने अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने यात्रुले परिचयको एउटा खोस्टोसम्म पनि देखाउन नपर्ने ? कस्तो विडम्बना !

भ्रमणमा डुबानको कुरा नै डुब्यो

नेपालमा डुबान प्रकोप हुन नदिन र भारतमा बाढीले बितण्डा नमच्चाउने गरी विद्यमान भारतीय संरचनालाई के कसरी सुधार गर्नेभन्नेबारे प्रधानमन्त्रीस्तरमा नीतिगत कुरा हुन सकेन । यस परिप्रेक्ष्यमा हाम्रा सरकार प्रमुख डुबानबारे गम्भीर र सकारात्मकरूपमा प्रस्तुत हुन सकेनन् भन्न कर लागेको छ ।

तराईमा डुबानको सन्त्रास

भारतले आफ्नो सीमान्त भूमिमा पश्चिम नेपालको बाँकेदेखि पूर्वको मोरङसम्मको सीमारेखा नजिकै ब्यारेज, बाँध, तटबन्ध, तटबाँध, जोर्ती–बाँध, जलबन्धन, छाँद, ठोक्कर जस्ता साना–ठूला १५ संरचना बनाएको छ।

सीमा सेमिनारका सँधियार

सीमालाई नियमन गर्दै परिचयपत्र देखाएर यात्रुलाई सीमा वारपार गर्न दिने व्यवस्था गरिए नेपाल र भारत दुवै तर्फको सुरक्षा चासो समाधान हुँदै आपसी सम्बन्ध पनि मजबूत हुन जाने थियो।

ज्यान कसरी जोगाउने ?

२०७२ सालमा ७.८ रेक्टर स्केलको भूकम्प छुटेकोे दुई वर्षभित्र ४.० देखि ६.९ स्केलसम्मका ४ सय ७८ पराकम्पन गएको छ ।

आतंककारी चलखेल रोकौं

नेपाल–भारतबीचको १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा बारबन्देज लगाई करिब ३ सय ६० स्थानमा आवागमनका नाका राखिए आतंककारी समूहलाई नेपालको भूमिमा चलखेल गर्नबाट रोक्न सकिन्छ।

प्रमको चीन भ्रमण र सीमा प्रोटोकल

सीमा भनेको राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग गाँसिएर रहेको तत्व हो। सीमा समस्याले दुई देशबीचको आपसी सम्बन्धलाई प्रतिकूल असर पार्न सक्छ।

सीमाबारे जनमत संग्रह

एकीकृत माओवादीको हेटौंडामा भएको सातौं महाधिवेशनको दौरानमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रस्तुत गरेको प्रतिवेदनमा सीमाबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव उल्लेख गरेको तर अन्तिम समयमा प्रतिवेदनबाट हटाइएको कुरा बाहिर आएको छ । वास्तवमा प्रतिवेदनको दफ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्