विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र
विश्व बजारमा आप्रवासीहरूको सङ्ख्या विभिन्न कालखण्डमा बढेर गएको छ।

विश्व बजारमा आप्रवासीहरूको सङ्ख्या विभिन्न कालखण्डमा बढेर गएको छ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई छाता शब्दको रूपमा क्वियर शब्द पनि प्रयोग गरिन्छ। यसअन्तर्गत विविध यौनिकता, लैंगिकता र यौन विशेषता भएका व्यक्तिहरू पर्छन्।
कोरोना भाइरसका झण्डै ३० हजार न्युक्लियोटाइड्स अथवा बेसहरू छन्। यो भाइरस पाहुनाकहाँ पुगेपछि यी बेसको संरचनामा परिवर्तन हुन्छ। यदि २० बटा मात्र बेसहरू परिवर्तन भएमा खर्बौं थरीका भेरियन्ट निस्कन्छन्। यी भेरियन्ट सुरुको मौलिक भेरियन्टभन्दा फरक हुन्छन्। हालसम्म विश्वमा १ करोड ३६ लाख कोभिड–१९का केसहरू देखिएमा १० लाख मानिसलाई संक्रमण गरेको भाइरसको अनुवांशिक सिक्वेन्स तयार भैसकेकोछ।
चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) उच्चस्तरीय सम्मेलनमा सम्बोधन गर्न भएको राष्ट्रपति विद्यादेवी भण्डारीको आठदिने भ्रमणलाई चीनले निकै महत्त्व दियो।
संवत् १७७१ असारमा ठूलो स्केलको भूकम्प, १८९० भदौ १२ मा ८ रेक्टर स्केलको महाभूकम्प, १९९० माघ २ मा ८.४ रेक्टरको महाभूकम्प अनि २०७२ वैशाख १२ मा ७.८ रेक्टर स्केलको मझौला भूकम्प गएको थियो। विगतमा सय–सय वर्षमा भूकम्प छुटेकामा यसपटक ८२ वर्ष नबित्दै भूकम्प झ्वाट्टै आयो र ५५ सेकेन्डमै बिदा भयो। १९९० मा २ मिनेट, १८९० मा ४४ सेकेन्ड अनि १७७१ मा अन्दाजी १ मिनेटको भूकम्प थियो।
नेपालको भौगोलिक सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहको २ सय ४४ वर्षअघिको विचार र उनको उद्गार आजका समयमा पनि सान्दर्भिक पाइन्छ। मर्नुभन्दा पहिले उनले नेपालको आन्तरिक सुरक्षा, कूटनीति, परराष्ट्र नीति, आर्थिक, सामाजिक तथा सीमासम्बन्धी राजनीतिका विषयमा उद्गार व्यक्त गरेका थिए। उनको यस्तो उद्गार केही मात्रामा अवलम्बन गरिएको पाइन्छ भने अन्य कतिपय बुँदा नेपालको वर्तमान राजनीतिक परिस्थितिमा पनि उपयोगी देखिन्छ।
नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (एभरेस्ट÷चोमोलोङमा) चढ्न संसारभरका मानिस लालायित छन् । कुनै एक पर्वतारोहीको अन्तिम मन्जिल सगरमाथा आरोहण हो । विश्वका विभिन्न देशका विभिन्न पर्वत चुली चढिसकेका आरोहीहरूले अन्तिममा सगरमाथाको टुप्पोमाथि उक्लने लक्ष राखेका हुन्छन्।
वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला जब उत्तरी गोलार्धमा गर्मी सुरू हुन्छ तब भूमध्य सागरतिर क-याङकुरुङका बथान चोमोलोङ्मा (माउन्ट एभरेस्ट) काटेर साइबेरियातर्फ लाग्छ। ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ती साह्रै शिथिल छ भन्ने ठानेर खेती किसानीका लागि खेत पस्दैनन्। बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावा लस्करसहित भेला हुन्छन्।
ठीक तीन वर्षअघि आजकै दिन ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड हल्लाएर जनतालाई त्राहिमाम बनाएको थियो । मुख्य कम्पनपछि २०७४ फागुन १८ सम्म ४ रिक्टरसम्मका ४९८ पराकम्पन छुटेका छन् ।
गत वर्ष पृथ्वी जयन्तीको अघि र पछि विभिन्न दैनिक पत्रपत्रिकामा पृथ्वीनारायण शाहले सुरु गरेको अभियान एकीकरण हो कि विस्तारीकरण हो भन्ने सम्बन्धमा चर्चा–परिचर्चा भएको थियो । धेरैजसो लेख र पाठकपत्रमा प्रकाशित टिप्पणी र मन्तव्यमा पृथ्वीनारायणको अभियान सीमा एकीकरण नै हो भन्ने व्याख्या गरिएको थियो । एदाकदा लेखमा चाहिँ गोरखा राज्य विस्तारीकरण गर्न खोजिएको हो । के पृथ्वीनारायणमाथि प्रश्न गर्न पाइँदैन र भन्ने प्रकारको थियो । यस प्रसंगमा मज्जाले प्रश्न गर्न पाइन्छ । तर गुण र दोषको मात्रा केलाउनुपर्छ । हामीले मनन गर्नुपर्ने कुरा के हो भने– इतिहासले के भन्छ, पृथ्वीनारायणको क्रियाकलाप कस्तो रहेको थियो, स्वदेशी विद्वत्वर्गको व्याख्या के रहेको छ र तत्कालीन ब्रिटिस जानकारहरूले सत्यतथ्य लेखेका छन् छैनन् भनी खोतल्नुपर्ने हुन्छ ।
सिद्धान्ततः पार्टीहरूले गर्ने राजनीति सबै नीतिहरूको राजा हो । राजनीतिले नै अन्य नीतिहरूलाई परिचालित गरिरहेको हुन्छ । राजनीति ठीक दिशातर्पm गएन भने अन्य नीतिहरू कामयाव हुन सक्दैनन् । यसैले राजनीति भनेको सामान्यतया नीतिशील, सिद्धान्तयुक्त, विचारशील, दर्शनयुक्त र आदर्शपालक हुनुपर्छ ।
दिल्ली पहाडगन्जको मामुली लजमा अनि काठमाडौंस्थित सुन्धाराको साधारण गेस्ट हाउसमा रात बिताउन यात्रुले आफ्नो परिचयपत्र प्रस्तुत गर्नुपर्छ भने अन्तर्राष्ट्रिय सीमा वारपार गर्ने यात्रुले परिचयको एउटा खोस्टोसम्म पनि देखाउन नपर्ने ? कस्तो विडम्बना !
नेपालमा डुबान प्रकोप हुन नदिन र भारतमा बाढीले बितण्डा नमच्चाउने गरी विद्यमान भारतीय संरचनालाई के कसरी सुधार गर्नेभन्नेबारे प्रधानमन्त्रीस्तरमा नीतिगत कुरा हुन सकेन । यस परिप्रेक्ष्यमा हाम्रा सरकार प्रमुख डुबानबारे गम्भीर र सकारात्मकरूपमा प्रस्तुत हुन सकेनन् भन्न कर लागेको छ ।
भारतले आफ्नो सीमान्त भूमिमा पश्चिम नेपालको बाँकेदेखि पूर्वको मोरङसम्मको सीमारेखा नजिकै ब्यारेज, बाँध, तटबन्ध, तटबाँध, जोर्ती–बाँध, जलबन्धन, छाँद, ठोक्कर जस्ता साना–ठूला १५ संरचना बनाएको छ।
सीमालाई नियमन गर्दै परिचयपत्र देखाएर यात्रुलाई सीमा वारपार गर्न दिने व्यवस्था गरिए नेपाल र भारत दुवै तर्फको सुरक्षा चासो समाधान हुँदै आपसी सम्बन्ध पनि मजबूत हुन जाने थियो।
