२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बन्यो दरवार हाईस्कुलको मुख्य भवन (फोटो फिचर)

भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको छ।

विज्ञ भन्छन् : नेपालका लागि सकारात्मक

भारतमा भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा उल्लेख्य मत पाएपछि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा जाने निश्चित भएको छ। पहिलोपटक प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायतका विषयमा अनावश्यक चासो राखेको भन्दै आलोचित मोदीको पुनरोदयले आगामी दिनमा नेपालमा कस्तो प्रभाव पर्ला भन्ने चासो हुनु स्वाभाविकै हो। भूकम्पको पीडाबीच मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी लगाएको नेपालीले बिर्सिएका छैनन्।

छिमेकीसँग भूकम्पले छुटायो, एकीकृत बस्तिले जुटायो

विनासकारी भूकम्प २०७२ बाट विस्थापित भएका भाल्चेबेशी तान्दु्रङका परिवारहरु आश्रय खोज्दै यत्रतत्र छरिए। एकै धाराको पानी खाएर मेलापात गर्दै सुख दु:ख साटेर जीवन यापन गरिरहेका तान्दु्रङवासीहरु कोलोनी, त्रिशुली, विदुर, बट्टार मात्र नभई काठमाडौँसम्म छरिए।

चार गाउँपालिकामा खानेपानी पु-याइने

जिल्लाका चार गाउँपालिकामा खानेपानीको समस्या समाधान हुने भएको छ। भूकम्पका कारण पानीको मुहान सुकेपछि स्थानीयले खानेपानीको समस्या भोग्दै आएका छन्। गाउँमा रहेको मुहान सुक्दै गएपछि नौकुण्डबाट पानी ल्याएर पानीको परिपूर्ति गर्न लागिएको हो। यसका लागि ‘नौकुण्ड बृहत् खानेपानी आयोजना’ निर्माण प्रक्रिया अघि बढाइएको छ।

भुइँचालो पन्छाउँदै टुल्के एक्लैले ठड्याए घर

२०७२ वैशाख १२ गतेको भूकम्प टुल्केको जीवनमा दुर्गती बनेर आयो। घर ढाल्यो, व्यवसाय चौपट भयो। भूकम्पमा १३ वर्षका जेठा छोरा गुमाए।

न्यू क्यालेडोनियामा भूकम्प

अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ।

अझै उठ्न सकेन हिमाली गाउँ लप्ची

गत साता मात्र बस्ती निरीक्षण गरेर फर्किएका गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले ३४ घरधुरीमध्ये एउटाको पनि पुनर्निर्माण हुन नसकेको जानकारी दिए।

भूकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम

भूकम्प प्रतिरोधी आवास निर्माणका लागि खोटाङमा एक सय २० जना डकर्मी उत्पादन गरिएको छ। हेल्भेटास नेपाल र मल्टी स्किल तथा इनभायरोमेन्ट डेभलपमेन्ट प्रालि काठमाडौंको साझेदारीमा सञ्चालित पुनर्निर्माणका लागि सीप कार्यक्रमअन्तर्गत हलेसी तुवाचुङ नगरपालिकामा ७० जना र रावाबेंसी गाउँपालिकामा ५० जनालाई डकर्मी तालिम दिइएको हो।

पुनर्निर्माणमा नसमेटिएका वर्ग

नेपालमा भूकम्पले ठूलो क्षति पु-याएको ४ वर्ष बित्यो। यसबीच सरकारी तथा सामाजिक संस्थाहरूले पुनर्निर्माणमा सक्दो सहयोग गरे। यस क्रममा रसुवामा मात्र ७७ प्रतिशत निजी आवास निर्माण सकिएको छ। बाँकी बनाउने क्रम जारी पनि छ। गाउँगाउँमा निजी आवास पुनर्निर्माणको चटारो छ तर अशक्त, अपांगता भएका, एकल महिला, ज्येष्ठ नागरिक मात्र भएका परिवारले चाहिँ घर बनाउन सकेनन्। यस्तो परिवार जोखिमयुक्त बस्तीमा परेका विस्थापित समुदायमा पनि छन्। समाजमा यस्ता वर्गको अवस्था अझै उस्तै छ। उनीहरू आफैँ न आफ्ना समस्या व्यक्त गर्न सक्छन् न कसैले सुन्न÷बुझ्न नै चाहन्छन्। धेरैले समतामूलक समाज निर्माणका कुरा गर्छन्। अहिले त समृद्धिको कुरा पनि थपिएको छ। थिचिएका, मिचिएका गरिब, दलित, भूमिहीन, सुकुमवासी, विस्थापित, अपांगता भएका र एकल महिला अझै पिँधमै छन्। जसको हेक्का कमैलाई मात्र छ।

सार्नुपर्ने बस्तीमा घर निर्माण

२०७२ वैशाख १२ गतेको भूकम्पपछि उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–४ स्थित हिन्दुङका ९६ घरधुरीलाई दुईवटा पहिरोले घे¥यो। घर ढले, जग्गाजमिन चिराचिरा प¥यो र माथिबाट झरेको पहिरोले बस्ती जोखिममा पा¥यो। पहिरोको जोखिम भएपछि केही सदरमुकाम धादिङबेंसी झरे, केही सल्यानटार भने केही आसपासका बस्तीमा सरे। भूकम्पपछि सर्वेक्षणमा पुगेका भूगर्भविद्ले बस्ती नै सार्नुपर्ने भनेर सिफारिस गरेका थिए। तर अहिले यो बस्तीमा न पहिरोको त्रास नै रोकिएको छ न बस्ती नै अन्यन्त्र सारिएको छ। सार्नुपर्ने भनिएको बस्तीमै स्थानीय धमाधम घर बनाएर बसिरहेका छन्।

सूचना प्रविधि केन्द्रको रिकभरी सेन्टर सञ्चालन

आठ कट्ठा चार धुर जमिनमा २०७२ असोज १३ गतेदेखि निर्माण सुरु गरिएको उक्त भवन २०७३ पुस १६ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो।

विपदबाट सिक्नुपर्ने पाठ

नेपालमा बर्सेनि बाढीपहिरो, भूकम्प, आगोलागी, शीतलहरलगायतका प्राकृतिक तथा मानवीय प्रकोपका कारण लाखौँ जनता प्रत्यक्ष/परोक्ष रूपमा पीडित/प्रभावित हुने गरेका छन्। प्राकृतिक प्रकोप नेपालमा मात्र नभई संसारका विकसित देशहरूमा समेत हुने गर्छन् तर सरकारले उचित ध्यान दिएको खण्डमा क्षति कम गर्न सकिन्छ। हामीकहाँ विपद्का बेला केही दिनसम्म क्षति न्यूनीकरणबारे छलफल हुने गर्छन् तर पछि बिर्सने गरिएको छ। २०७२ सालको भूकम्प अनि बाढीका कारण शव अन्त्येष्टि गर्ने जमिनसमेत नभएर एक बालकलाई नदीमै बगाउनु परेकोलगायत कैयौँ पीडादायी घटनाबाट हामीले पाठ सिकेनौँ। तर हालसालै बारा–पर्सामा आएको भीषण हावाहुरीले निम्त्याएको विपत्तिबाट हामीले पाठ सिक्नैपर्छ।

बौरिँदै चीन जोड्ने घाँटी

२०७२ वैशाख १२ को भूकम्पमा पहिरो खसेर तहसनहस भएको भोटेकोसी गाउँपालिकामा पर्ने नाकाका बजार बिस्तारै तंग्रिदै थिए। भूकम्पमा बचेका घर, होटल, पसलमा बिस्तारै चहलपहल सुरु हुँदै थियो। पहिरो खसेर पुरिएको सडक पन्छाएर सवारी गुड्न थालेका थिए। नाका सञ्चालनमा ल्याउन तातोपानी भन्सार, अध्यागमन, पशु र खाद्य क्वारेन्टाइनका कार्यालय र सुरक्षा एकाइ फर्केका थिए।

मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प

दैलेखमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको दैलेखको नौमुले गाउँपालिका– २ बालुवाटार केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्