२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आवास पुनर्निर्माण सर्वेक्षण सुरु

खोटाङमा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचको काम सुरु भएको छ। २०७२ साल वैशाख १२ गतेको महाभूकम्प र परकम्पका कारण घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनः सर्वेक्षण तथा पुनः जाँचको काम थालिएको हो।

निक्षेप आकर्षण गर्न सुनचाँदी उपहार दिन नपाइने

बैंक तथा वित्रीय संस्थाले उपहार दिएर निक्षेप आकर्षण गर्न थालेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाले लगानीयोग्ग्य पुँजी अभावका कारण ठूला परियोजनामा कर्जा प्रवाह गर्न नसक्दा समस्या आएको छ।

भूकम्पपीडित परिवारलाई घर

थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिम वडा कार्यालयले भूकम्पपीडित स्थानीय एकल महिला रत्नकुमारी राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ। पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको दुईकोठे एक तले घर भूकम्पपीडित राईलाई थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार हस्तान्तरण गरेका हुन्। २०७२ वैशाख १२ गतेको भूकम्पमा उनको घर भत्किएको थियो।

उत्तरी नाकामा पहिलो अत्याधुनिक सुक्खा बन्दरगाह

चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्व रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

काममा फर्कंदै भन्सार कर्मचारी

उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका छिट्टै सञ्चालनमा आउने भएपछि भन्सार कर्मचारी फर्कने तयारीमा छन्। चार वर्षअघिको बिनासकारी भूकम्पसँगै नाकाबाट व्यापारिक कारोबार बन्द भएपछि तातोपानी भन्सार कर्मचारी विभागमा कार्यरत रहँदै आएका थिए।

मन्त्रिपरिषदको निर्णयः भूकम्पपीडितलाई यस्ता छन् थप सुविधा

मन्त्रिपरिषद् बैठकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरेको छ। यो संशोधनसँगै सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको छ। अब भूकम्पपीडितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ।

नाका चलाउन राजमार्ग दुरुस्त बनाइँदै

उत्तरी व्यापारिक नाका तातोपानी भएर चीन जोड्ने अरनिको राजमार्ग मर्मत सम्भारमार्फत दुरुस्त बनाइँदै छ। बिनासकारी भूकम्पपछि चार वर्षदेखि बन्द नाका छिट्टै सञ्चालनमा ल्याउने तयारी थालिएपछि अत्यावश्यक पूर्वाधारका रुपमा राजमार्ग सुधार तथा मर्मत सम्भारलाई द्रुततर बनाइएको हो।

सोलोमोनमा ६.१ रेक्टरको भूकम्प

शुक्रबार ६.१ रेक्टरस्केलको भूकम्प गएको छ। बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको जनाएको छ।

उपयोगी र व्यवस्थित छैनन् अनुदानका घर

२०७२ वैशाख १२ को भूकम्पले धेरैको बास खोस्यो। सहरबजारका पक्की घरमा धेरै क्षति नभए पनि ग्रामीण क्षेत्रका ढुंगामाटाका घर सबैजसो काम नलाग्ने भए। कतिपय घरको जग नै उखेलियो भने कतिपय घर ठाडै रहे पनि कतिपय धराप भएकाले बस्न नमिल्ने भयो।

जर्मन नागरिकको सहयोगमा विद्यालय रेट्रोफिट सम्पन्न

भक्तपुरको जेसिस माध्यमिक विद्यालयको एक भवनको रेट्रोफिट सम्पन्न भएको छ। २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त सो भवन जर्मनी नागरिकका सहयोगमा रेट्रोफिट भएको हो। जर्मनीका नागरिक एवं जर्मनीको सेनाका पूर्वकर्णेल योग बारको आर्थिक सहयोगमा चारतले भवनको रेट्रोफिट गरिएको विद्यालयका प्रधानाध्यापक जयराम गोर्खालीले बताए। कूल २४ लाख ४५ हजारको लागतमा बनेको भवनको सहयोगी पूर्वकर्णेल बारले उद्घाटन गरे।

घर हाेइनन्, गाेठ बने

भूकम्पपछि उद्धार, राहत हुँदै अहिले पुनर्निर्माणको काम चलिरहेको छ। सरकारले आवास निर्माणका लागि अनुदानस्वरुप तीन चरणमा गरी तीन लाख रकम प्रदान गरेको छ। तर भूकम्पको अनुदान लिएर बनेका निजी आवासहरु न घर न गोठजस्ता भएका छन्।

८१ प्रतिशत निजी आवास पुनर्निर्माण

भूकम्प गएको चार वर्ष पुग्दा ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार तीन सय ७६ लाभग्राहीमध्ये ८१ प्रतिशतले नयाँ घर बनाएका हुन्।

तातोपानी नाका खुलाउन तीव्र गतिमा काम

२०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ। आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूनर्निर्माण

भूकम्प गएको चार वर्ष पुग्दा ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार ३ सय ७६ लाभग्राही मध्ये ८१ प्रतिशतले नयाँ घर बनाएका हुन्।

तातोपानी नाका खुलाउन तीव्रगतिमा काम

विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्