२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एमाले अध्यक्ष ओली चुनावी दौडधुपमा

उनका अनुसार मधेसमा आफ्नो प्रभाव देखाउन र सन्तुलन कायम गर्न पनि पटकपटक एमाले अध्यक्ष मधेसका कार्यक्रममा सहभागी भएका हुन्। एमाले अध्यक्ष ओलीले मधेसमा क्रियाशील दलका नेता कार्यकर्तालाई पार्टीमा ल्याउन पार्टीको सम्पूर्ण शक्ति खर्च गरिरहेका छन्। सत्तारुढ दलहरूले एमालेविरुद्ध गठबन्धन गरिरहँदा मधेसमै क्रियाशील रहेका दलसँग सहकार्य वा पार्टीमा ल्याउने काममा लागेका छन्।

‘यो सरकार आफैं ढलोस्’

सरकारमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षप्रति लक्षित गर्दै पार्टी अध्यक्ष ओलीले तीव्र आक्रोश पोख्दै सो कुरा बताएका हुन्। ओलीले माधव नेपाल र प्रचण्डसँग देशको भन्दा पनि आफ्नो स्वार्थ मात्र हेर्ने प्रवृति हाबी रहेको बताए।

म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन्।

ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल

एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। स्थानीय निर्वाचनमा केपी ओलीबाहेकका अरू जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बताएका हुन्।

कास्कीका पाँचवटै पालिका जित्नुसः सचिव अर्याल

नेकपा एमालेकी सचिव पद्मा अर्यालले कास्कीका पाँचवटै पालिका जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिएकी छन्।

१४ सांसदविरुद्ध ओलीले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ हुँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ।

प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमाथि 'भद्दा मजाक' गर्नुभो: भट्टराई

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले औपचारिक विदेश भ्रमणका बेला कुनै एक पार्टीको कार्यालयमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरेको बताएका छन्।

एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

एमालेको ‘काउन्टर’

एमाले अध्यक्ष ओलीसहितका केन्द्रीय नेताहरू पार्टी प्रवेश अभियानकै लागि देश दौडाहामा छन् भने केन्द्रीय सदस्यहरू आआफ्नो जिल्लामा सक्रिय छन्।

ताप्लेजुङको याङ्मा मतदानस्थलमा ६० जना मतदाता

आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्।

निहुँरिएर लडाई गर्नुपर्छ: केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्।

राजनीतिक परीक्षणमा स्थानीय चुनाव

२०७४ सालको भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेस र माओवादीको तालमेल भए पनि रेणु दाहालले चुनाव जितेकी होइनन्। धाँधली गरेर जिताइएको हो।

कांग्रेसको बैसाखी

गठबन्धनभित्रको सबैभन्दा ठूलो दल कांग्रेस निर्णायक भूमिकामा देखिन्छ। कांग्रेसभित्र पनि गठबन्धनका सम्बन्धमा मतमतान्तर बाहिर आइरहेको छ। गठबन्धन गर्दै नगर्ने वा आफू कमजोर भएको ठाउँमा मात्र गर्ने जस्ता तीन किसिमका विचार बाहिर आइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्