५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कास्कीका पाँचवटै पालिका जित्नुसः सचिव अर्याल

एमाले सचिव पद्मा अर्याल कार्यक्रम उद्घाटन गर्दै। तस्बिरः नागरिक

नेकपा एमालेकी सचिव पद्मा अर्यालले कास्कीका पाँचवटै पालिका जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिएकी छन्। गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले आफू सांसद भएपछि पछिल्लो चार वर्षमा गरेका कामहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, ‘कास्कीमा पाँचवटा पालिका छन्। यी सबै जित्नुपर्छ, क्लिनस्वीप गर्नुपर्छ, त्यही अनुसार तयारी गर्नुस्।’

पूर्व मन्त्रीसमेत रहेकी उनले कास्कीमा अघिल्लोपटक गुमेका पालिका र वडा पनि जित्ने गरी चुनावको तयारी गर्न निर्देशन दिइन्। अघिल्लो स्थानीय तहको चुनावमा कास्कीको अन्नपूर्ण गाउँपालिका गुमेको प्रसंग निकाल्दै उनले भनिन्, ‘हिजो अन्नपूर्ण गाउँपालिकामा हारियो। तर यसपटक अन्नपूर्ण गाउँपालिका हार्ने छुट छैन। कास्कीका पाँचवटा पालिमा पाँचमा पाँच नै जित्नुपर्छ। महानगरपालिकाका सबै वडा जित्नुपर्छ।’

उनले जित्नका लागि के-के गर्नुपर्ने हो त्यो सबै गर्न पनि निर्देशन दिइन्। यो ठाउँमा जित्न जे गर्नुपर्छ त्यहि गर्नुस,’ उनले भनिन्। नेतृ अर्यालले कास्कीलाई प्रतिपक्षीविहीन बनाउन सकिने बताइन्। त्यसका लागि पार्टीभन्दा बाहिर रहेकाहरुलाई पार्टीमा आबद्ध गर्नुपर्ने बताइन्। यसपटक पार्टी एकता वा गठबन्धन कोहिसँग पनि नहुने भन्दै उनले थपिन्, ‘कोहिसँग एकता वा गठबन्धन हुँदैन। पार्टी बाहिर रहेर छिरलिएकाहरुलाई पार्टी प्रवेश गराउनुस।’ 

प्रकाशित: २० चैत्र २०७८ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App