२६ पुस २०८१ शुक्रबार
image/svg+xml

मलेसियामा सम्पर्कविहीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए

डम्बर विदेशिएको समय हिजोआज जस्तो फोनको सुविधा थिएन। चिट्ठीपत्रबाट सञ्चोविसञ्चो र हालखबर आदान–प्रदान हुन्थ्यो। मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देखि डम्बर बेपत्ता भएका थिए। उनी सम्पर्कविहीन हुँदा परिवारमा चिन्ता छायो तर सोधीखोजी गर्ने कुनै माध्यम थिएन।

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न घरदैलो अभियान

मुख्यमन्त्रीले स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनविना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न घरदैलो अभियान

बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उद्योगीको टोलीले मुख्यमन्त्री शेरधन राईलाई भेटेर स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि अभियान थालेको जानकारी गराएको छ।

११ वर्षपछि आउँदै माथिल्लो तामाकोसी, ६ मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताबाट घुमाइँदै

स्वदेशी लगानीको सबैभन्दा ठूलो बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जडान भएका ६ वटा मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताभित्र घुमाएर ७६ मेगावाट बिजुली उत्पादन गरी आयोजनाबाट विद्युत उत्पादनको काम प्रारम्भ गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।

बक्सिङ टोली स्वदेश फिर्ता

आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्म यात्रा तय गरेकी सुष्मा तामाङसहित तीन सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ।

'मेरो देश मेरै उत्पादन' कार्यान्वयनमा

उद्योग संगठन मोरङले स्वदेशी बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेरो देश मेरै उत्पादन अभियान कार्यान्वयनमा ल्याएको छ। मोरङ व्यापार संघसँगको सहकार्यमा थालिएको अभियान कार्यान्वयनमा ल्याएको उद्योग संगठन मोरङले जनाएको छ।

स्वदेशी पाहुनामार्फत पर्यटन ब्युँताउने प्रयास

अझै डेढ–दुई वर्ष तेस्रो मुलुकका पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन्। पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’मार्फत आन्तरिक पाहुनालाई पोखरा बोलाउन विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलाएको छ।

रसुवाको पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक भित्रिन थाले

पर्यटकीय सिजन सुरु भएसँगै रसुवाको पर्यटकीय क्षेत्रहरूमा नेपाली पर्यटक भित्रिने क्रम सुरु भएको छ। जिल्लाको गोसाइँकुण्ड, लाङटाङ लगायतका क्षेत्रमा हिजोआज दैनिक ३० जना भन्दा बढी पर्यटक गइरहेका छन्। पर्यटकीय क्षेत्रहरूमा होटलहरू खुलेका र कोभिड–१९ को त्रास पनि कम भएपछि पर्यटकको आगमन बढ्न थालेको हो। पछिल्लो समय पर्यटक आउने क्रम बढेसँगै होटल तथा पर्यटन व्यवसायीमा उत्साह छाएको छ।

विदेशी राजकुमारका नाममा स्वदेशी टाकुरा

राजकुमार आउनुअघि नै स्थानीयले गाउँ भेला गरेर सामागाउँको एउटा डाँडालाई बहराइनको राजपरिवारको नामबाट नामकरण गरे। त्यहाँका जनप्रतिनिधिले स्थानीय हुसुरडाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरिदिए। जुन प्रचलित ऐन, नियम र कानुन विपरीत रहेको छ।

विदेशबाट फर्कनेकाे क्वारेन्टिन सपना

कोरोनाका कारण रोजगारी गुमाउनुका साथै विभिन्न समस्या भोगेर घर फर्किएका युवाले स्वदेशमै आत्भनिर्भर बन्ने सपना देखेका छन्।

२६० नेपाली स्वदेश फर्किए

विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार सिंगापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

विदेशमा अलपत्र ३७ हजार ४२४ नेपाली स्वदेश फर्किए

वैदेशिक रोजगारमा गएका, घुम्न र कामकाजका लागि विदेश गएका नेपालीहरू कोरोना भाइरसको महामारीले गर्दा अलपत्र परेका छन् । जेठ १७ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेठ २३ बाट स्वदेश ल्याउन थालिएका थियो ।

स्वदेश फर्किने क्रम जारी

विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।

११५५ नेपाली स्वदेश फर्किए

शनिबार कोरानाका कारण विदेशमा अलपत्र परेका एक हजार एक सय ५५ जना स्वदेश फर्केका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

पन्ध्र अन्तर्राष्ट्रिय उडान : एघार सयबढी नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्