९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

'मेरो देश मेरै उत्पादन' कार्यान्वयनमा

उद्योग संगठन मोरङले स्वदेशी बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ 'मेरो देश मेरै उत्पादन' अभियान कार्यान्वयनमा ल्याएको छ। मोरङ व्यापार संघसँगको सहकार्यमा थालिएको अभियान कार्यान्वयनमा ल्याएको उद्योग संगठन मोरङले जनाएको छ।  

मेरो देश मेरै अभियानसहित उद्योग संगठन मोरङले २ वर्षे कार्यकालका लागि तयार पारेको कार्ययोजना पनि कार्यान्वयनमा ल्याएको छ। उद्योग संगठन मोरङको नव निर्वाचित अध्यक्ष सुयश प्याकुरेल नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएपछि दुई वर्षे नयाँ कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। गत फागुन २८ मा सम्पन्न ४८ औ बार्षिक साधारण सभाबाट प्याकुरेल निर्वाचित भएका थिए। संगठनको चैत १९ गते बसेको कार्यसमितिले पदस्थापन कार्यक्रममा प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो। 

संगठनले आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन र स्थानीय स्तरमा व्यवसायीक अवसर एवं रोजगारी श्रृजना गर्ने लक्ष्यसहितको कार्ययोजना अगाडी सारेको छ। स्वदेशी उत्पादनको प्रवर्द्धनलाई अभियानका रुपमा सञ्चालन गर्ने, अध्ययन अनुसन्धानमा आधारित बहस र पैरवी, दक्ष जनशक्ति उत्पादनका लागि व्यवसायीक सीप विकास लगायतका क्षमता अभिवृद्धि कार्यक्रमहरु समेटिएको छ।

यस्तै सदस्य औद्योगिक प्रतिष्ठानहरुलाई व्यवसायीक विकास सेवा, असलश्रम सम्बन्ध, विश्वविद्यालय र उद्योगबीचकोे सहकार्य, नविन आविष्कार तथा सोचहरुलाई व्यवसायीकतामा रुपान्तरण गर्न सघाउ पुग्ने कार्यक्रमहरु रहेका छन्। यस्तै औद्योगिक प्रदर्शनी स्थल निर्माण तथा मेला प्रदर्शनीको आयोजना, क्रस बोर्डर इकोनोमिक जोनलगायतका मुख्य कार्यक्रमहरु प्राथमिकतामा राखेर कार्यान्वयनमा लागिएको उद्योग संगठन मोरङले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो।

प्रकाशित: २२ चैत्र २०७७ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App