५ आश्विन २०८१ शनिबार
image/svg+xml

सत्ता गठबन्धन नै एमसीसीको विरुद्धमाः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरु सरकारमा बसेर आफै सडकमा उत्रेको भन्दै आलोचना गरेका छन्। अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरुद्धमा सत्ता गठबन्धन दलका कार्यकर्ता नै सडकमा उत्रिएको भन्दै ओलीले आलोचना गरे।

प्रतिनिधिसभा बैठकः एमाले एमसीसीको विषयमा मौन, अवरोध जारी राख्ने

प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ।

सर्वोच्चमा रिट

टेबुल भएको सम्झौता पारित गर्न नमिल्ने दाबी गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ताका लागि पेस गरिएको हो। सर्वोच्च प्रशासनले दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार मात्र लिनेछ।

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसद्को कार्यसूचीमा

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ।

एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो: डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन्।

जुम्लाका सबै स्थानीयतहमा स्याउ सुपरजोन कार्यक्रम

जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ। यसअघि जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो।

एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ: पुष्पा भुसाल

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छिन्।

एमसीसी विरूद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ।

एमसीसीको पक्षमा मोटरसाइकल र्‍याली

एमसीसीको विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ।

सकारात्मक बन्न कांग्रेसको आग्रह

एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न भएर पनि अन्त्यमा अनुमोदन गर्ने समयमा एमसिसी सम्झौताको राजनीतिक अपनत्व लिन हिच्किचाउनु र द्वैध चरित्र देखाउनु नेपाली राजनीतिको विडम्बना हो।

एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ: डा. प्रकाशशरण महत

उनी नेपाली कांग्रेसको प्रवक्ता मनोयन भएकोमा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज आयोजना गरेको कार्यक्रममा डा. महतले यो परियोजना जतिसक्दो चाँडै संसद्मा पेश गरी पारित गर्नुपर्नेमा जोड दिए।

एमसिसी टार्न सभामुखले गरे संसद् बैठक स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी टेबुल गर्ने अडानमा रहेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक स्थगित गरेका छन्।

राजनीतिक स्वार्थ पूरा गर्न कूटनीति दाउमा

कूटनीतिक मामिलाका जानकारहरू मुलुकको आन्तरिक राजनीतिक गतिविधिको प्रभाव कूटनीतिक अभ्यास र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नहुने बताउँछन्। तर दाहालले एमसिसीलाई लेखेको पत्रमा जनाएका प्रतिबद्धता र पत्र सार्वजनिक भएपछि दिएको प्रस्टीकरणले राजनीतिक स्वार्थका लागि कूटनीतिको दुरुपयोग गरेको देखाउँछ।

सरकारद्वारा एमसिसी टेबुल गर्ने जनाउः सभामुखले थाले गृहकार्य

सरकारले एमसिसी संसद्मा टेबुल गर्ने तयारी भएको जनाउ दिँदै आवश्यक प्रक्रिया अघि बढाउन सभामुख सापकोटालाई आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्