४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जिसस कास्कीको समीक्षा, पूँजीगत खर्च औषत १५ प्रतिशत मात्रै

कास्कीमा पूँजीगत खर्च केवल १५ प्रतिशत मात्रै खर्च भएको जिल्ला समन्वय समिति कास्कीको समीक्षा बैठकमा सार्वजनिक गरिएको छ। आर्थिक वर्षको पाँचमहिना पुरा भएपछि पुँजीगत खर्च औषत केवल १५ प्रतिशत मात्रै भएको उल्लेख गर्दै कार्यसम्पादन स्तर सुधार गर्नुपर्ने जिल्ला समन्वय समिति कास्कीले औंल्याएको छ।

दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात सङ्कलन

यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ।

कास्कीको खस्कँदो क्रिकेट

हिजो च्याम्पियन, आज कमजोर। खेलकुदमा समयको परिवर्तनसँगै च्याम्पियन पनि फेरिदैं गएका छन्। कमजोरले सुधार्दै च्याम्पियन बन्ने हकदार बन्छन्। च्याम्पियन पनि खस्कदैं कमजोर बन्न पुग्छन्। यस्तै च्याम्पियन र कमजोरको लुकामारीमा छ कास्कीको क्रिकेट।

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।

पत्रकार महासंघ कास्कीद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान

नेपाल पत्रकार महासंघ कास्कीले पाँचजना विद्यार्थीलाई पत्रकारिता अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छ। यसै आर्थिक वर्षपछि महासंघले छात्रवृत्ति प्रदान गरेको हो।

कास्कीमा एमाले बलियो, कांग्रेसलाई बिऊ जोगाउनै मुश्किल

स्थानिय तहको निर्वाचनमा कास्कीका ५ पालिका मध्ये २ पालिका प्रमुख तथा पोखराका ३३ वडामध्ये ११ वटा वडामात्रै जितेको एमाले कमजोर बनेको विश्लेषण गरिएको थियो। तर एमालेले फेरी एक पटक आफू कमजोर नरहेको जनमतबाट पुष्टि गरेको छ।

कास्की–१ मा एमालेका गुरुङको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ। हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन्।

विन्दुको पनि दोश्रो जित

कास्की क्षेत्र नम्बर– २ (२)मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भएका छन्। उनी नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।

दल बदलेर एमाले गएका गुरुङको प्रदेशसभामा जित

कास्की क्षेत्र नम्बर–३ (१) मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन्। गुरुङ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय १२ मतान्तरले पछि पार्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

उमेर ढल्केपछि पाएको अवसर कार्कीका लागि फलिफाप

कास्की– २ (१) मा नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की बिजयी भएका छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजयबहादुर भण्डारीलाई ४ हजार ६ सय ३८ मतान्तरले पछि पार्दै बिजयी भएका हुन्।

कास्कीः कहिले घण्टीको, कहिले अरुको पालो

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार उठाएको थियो। तीनवटा मध्ये कास्की २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरु मूलधारका दल भन्दा अगाडि छन। मतगणनाका क्रममा बेलाबेला मूलधारका दल भन्दा अघिपछि भइरहँदा मतगणनास्थलमा रोमाञ्चकता छाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग मतसंख्याको आधारले अहिले लुकामारी चलिरहेको छ।

कास्की–२ मा राष्ट्रिय स्वतन्त्रका कँडेलको अग्रता कायमै

कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन्। कँडेलले नेकपा एमालेकी विद्या भट्टराई अधिकारीलाई १ सय ४९ मतले पछि पार्दै अग्रता कायमै राखेका हुन्।

कास्की–३ मा एमालेका दामोदर बैरागीको अग्रता

कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।

कास्की–३ः एमालेको झिनो अग्रता, घण्टी पछिपछि

कास्की क्षेत्र नम्बर–३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले शुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना सम्पन्न हुँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई २७ मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन्।

कास्की–२ मा पनि स्वतन्त्र पार्टीको अग्रता, एमाले पछाडि

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन्। हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्