१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्की–३ः एमालेको झिनो अग्रता, घण्टी पछिपछि

कास्की क्षेत्र नम्बर–३ मा नेकपा एमालेका दामोदर पौडेल बैरागीले शुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना सम्पन्न हुँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई २७ मतान्तरले पछि पार्दै अग्रता बनाएका हुन्।

बैरागीले १ सय ७८ मत प्राप्त गर्दा घण्टीका पौडेलले १५१ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बरालले १२८ मत प्राप्त गरेका छ ।

कास्की–३ मा ६१ हजार ४ सय १४ मत खसेको छ । १ लाख १ हजार ७ सय १५ मतदाता रहेको यो क्षेत्रमा ६१.७२ प्रतिशत मत खसेको थियो।

प्रकाशित: ५ मंसिर २०७९ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App