४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उमेर ढल्केपछि पाएको अवसर कार्कीका लागि फलिफाप

बिजयी भएपछि कार्यकर्ता तथा शुभचिन्तकहरुसँग खुशीयाली साट्दै कार्की। तस्बिरः उमेश पुन/नागरिक

कास्की– २ (१) मा नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की बिजयी भएका छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजयबहादुर भण्डारीलाई ४ हजार ६ सय ३८ मतान्तरले पछि पार्दै बिजयी भएका हुन्।

बिजयी कार्कीले १० हजार ५ सय ३१ मत ल्याएर बिजयी भए। उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे। त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे।

बिजयी कार्की उमेर ढल्केपछि अवसर पाएका एमाले नेता हुन्। विद्यार्थी जीवनकालमै राजनीतिक यात्रा शुरु गरेपनि उनलाई एमालेले अवसरबाट बञ्चित गर्दै आएको थियो। केपी एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा रहेर पनि उनी ओलीको नजरमा कहिल्यै परेनन्। प्रदेशमा खगराज अधिकारी समूहका खास मान्छे भनेर चिनिने कार्कीले स्थानिय तहको चुनावमा क्याम्प परिवर्तन गरेर पृथ्वीसुब्बा गुरुङ समूहमा गए।

त्यसबेला पोखरा महानगरपालिकाका प्रमुख (मेयर)का उम्मेदवार अधिकारी समूहका कृष्ण थापालाई हराउन कार्कीले भूमिका खेलेको अधिकारी समूहको आरोप छ। त्यहि भएर कार्कीलाई स्थानिय तहको निर्वाचनलगत्तै एमालेले कास्की ईञ्चार्जबाट हटाएर मेयरमा पराजित थापालाई ईञ्चार्ज बनाइएको छ।

यसअघि भूमि व्यवस्था आयोगका सदस्य बनेका उनलाई एमालेले यसपटक प्रदेश सदस्यको टिकट दियो र त्यसलाई जनताले अनुमोदन गरेर पठाएका छन्। ११ वर्षकै उमेरदेखि वाम आन्दोलनमा सहभागि कार्की १४ वर्षे कलिलो उमेरमै पञ्चायतविरोधी गतिविधि गरेको आरोपमा गिरफ्तारीमा परेका थिए। त्यसपछि पनि वि.स.२०४२ सालको आन्दोलन, २०४५ सालको नाकाबन्दीविरोधी आन्दोलन, २०४६ र २०६२–६३ को आन्दोलनमा पटक पटक गिरफ्तारी र जेल जीवन बिताएका उनी कास्केली जनतामाझ भने त्यति लोकप्रिय मानिदैनथे। कहिले कास्की त कहिले गोर्खा अनि मनाङमा पार्टी जिम्मेवारी सम्हालेका कार्की पार्टीका वैचारिक प्रशिक्षणहरूमा कुशल प्रशिक्षकका परिचित छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App