४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दल बदलेर एमाले गएका गुरुङको प्रदेशसभामा जित

विजयी भएका गणेशमान गुरुङ। तस्बिरः उमेश पुन/नागरिक

कास्की क्षेत्र नम्बर–३ (१) मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन्। गुरुङ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय १२ मतान्तरले पछि पार्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

 बिजयी गुरुङले १४ हजार ४ सय ७३ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी भण्डारीले ९ हजार ६ सय ६२ मत प्राप्त गरे। राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरे।

 प्रदेश सभा सदस्यमा निर्वाचित गुरुङ स्थानिय तहको चुनावअघि एमालेमा प्रवेश गरेका थिए। एमालेका पुराना नेता उनी पहिचानको आन्दोलनका समयमा अशोक राईसँगै एमालेबाट अलग भएका थिए। शुरुमा संघीय समाजवादी पार्टीमा लागेका उनी पछि जनता समाजवादी हुँदै एमालेका फर्किएका थिए।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा शुरु गरेका गुरुङ ईमान्दार नेताका रुपमा परिचित छन्। प्रतिस्पर्धी भण्डारी उम्मेदवार बन्दादेखि नै पार्टीमा देखिएको असन्तुष्टिको फाईदा उठाउँदै गुरुङ भारी मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: ७ मंसिर २०७९ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App