४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्मचारी झुक्किँदा दुईपटक मतदान

कास्कीका १४ जनाले दोहोरो मतदान गरेका छन्। आईतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा कास्की, पोखरा महानगरपालिका वडा नम्बर–१३ का १४ जनाले दुईपटक मतदान गरेका हुन। उनीहरुले ढाँटेर, छलेर वा अर्कैको नाममा मतदान भने गरेका होईनन् । बरु निर्वाचनमा खटिएका कर्मचारीको लापर्वाहीका कारण उनीहरुले आफ्नै नाममा दुई पटक मतदान गर्न पाएका हुन।

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील रहेका छन। कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एकतिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ। कास्कीमा बाँकी मतदान स्थलमध्ये एकतिहाई संवेदनशील र अर्को एकतिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ।

मतदानस्थल तयार पार्दै कर्मचारी (फोटो फिचर)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी सकिएको छ। निर्वाचन गराउनका लागि मतदानस्थलमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छ।

कास्की–३ (ख): राजीव पहारी र प्रकाश बरालसामु हिमाली क्षेत्रको चूनौती

सिंगो अन्नपूर्ण गाउँपालिका पर्यटकीय गाउँ हो। चर्चित पर्यटकीय क्षेत्र घान्द्रुक, छोमरोङदेखि अन्नपूर्ण आधारशिविर (एबिसी), माछापुच्छे« आधारशिविर (एमबिसी) सम्मको सबै क्षेत्र कास्की ३(ख) मा समेटिएका छन्। भौगोलिक रुपमा दुर्गम भेग यो क्षेत्रमा पर्छ। त्यत्ति मात्र नभई प्राकृतिक रुपमा पनि यो क्षेत्रले चुनौती भोग्दै आएको छ। बेलाबेला आधारशिविर क्षेत्रमा प्राकृतिक प्रकोप आइपर्ने गरेको छ। पर्यटनमै नाम कमाएकोले यो क्षेत्रप्रति धेरैको चाँसो रहन्छ।

व्यवसायी र मजदुर नेताबीचको रोचक प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नम्बर २ (२)मा मजदुर र व्यवसायी दुई नेताको रोचक भिडन्तले कास्की तातेको छ। सो क्षेत्रमा एमालेबाट मजदुर नेता मीना गुरुङ र गठबन्धनतर्फ कांग्रेसबाट उद्योगी–व्यवसायीका नेता विन्दुकुमार थापा बीचको भिडन्तका कारण कस्केली राजनीति तातेको हो।

कास्कीः खगराज अधिकारीलाई आफ्नै बोली पिरलो

अहिलेका प्रतिष्पर्धी रहेका खगराज अधिकारी अघिल्लो निर्वाचनमा कास्की–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए। एमाले र माओवादी बीच एकता भई नेकपा बनेर चुनाव लडेकाले त्यस निर्वाचनमा उनीहरु एकअर्काका सारथी थिए। त्यहि भएर तत्कालीन चुनावताका खगराज आफ्ना समर्थकलाई भन्ने गर्थे, ‘बरु मलाई भोट नहाल्नु तर, दीपकलाई भोट हालेर जिताउनु। भोलि म आफै दीपकको प्रतिष्पर्धी बनेपनि मलाई भोट नहाल्नु बरु दीपकलाई नै हाल्नु। किनकी यो साह्रै असल छ। युवा पनि छ र यसले भविष्यमा केहि न केहि गर्छ।’

माछापुच्छे अलैँची जोनको अनुगमन

माछापुच्छ्रे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताए।

मतदाता भन्छन्– महँगी र बेरोजगारी घटाए पुग्छ

पाँच वर्षपछि जनताको घरदैलोमा पुगेका नेता र उम्मेदवारले पुरानै नारा र अजेन्डा उठाएका छन्।

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ।

नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन (नामावलीसहित)

नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन गरिएको हो। समितिअन्तर्गत जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँवरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शङ्कर ढुङ्गाना सचिव, विश्व शङ्कर पालिखे र देवी गुरुङ सदस्य रहेका छन्।

कास्कीका उम्मेदवारको निर्वाचन खर्चः प्रतिनिधिसभातर्फ ३१ र प्रदेशसभातर्फ १५ लाख

प्रतिनिधिसभा सदस्य तर्फका कास्कीका उम्मेदवारले आगामि निर्वाचनमा बढीमा ३१ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने भएका छन्। यो नै कास्कीका उम्मेदवारले पाउने सबैभन्दा बढी निर्वाचन खर्च हो। निर्वाचन आयोगले कास्की–३ का उम्मेदवारका लागि ३१ लाख रुपैयाँको खर्च सिमा तोकिदिएको छ। कास्की–१ का उम्मेदवारले २९ लाख र कास्की–२ का उम्मेदवारले भने २७ लाख रुपैयाँ मात्र खर्च गर्न पाउनेछन्।

खेलाडीलाई न जर्सी, न खेल्ने मैदान

आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ। ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन्।

कास्की–२ का बागी उम्मेदवार महादेव गुरुङ भन्छन्ः पार्टीले कारवाहि गरे खुसी हुन्छु

सत्ता गठबन्धन विरुद्ध विद्रोह गर्दै कास्की–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका महादेव गुरुङले अन्तिम समयमा पनि उम्मेदवारी फिर्ता लिएनन्। कांग्रेसका पुराना नेता गुरुङलाई उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवाले समेत दवाव दिएका थिए। तर, देउवाको निर्देशन र दवाव समेत अटेर गर्दै उम्मेद्वारी फिर्ता नलिएको गुरुङले बताए।

कास्कीमा नौ सिटका लागि १०८ जनाले दिए उम्मेदवारी

कास्कीमा नौ सिटका लागि १ सय ८ जनाले उम्मेदवारी दिएका छन्। आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले हिजो दिएको उम्मेदवारी दर्ताको समयसीमा भित्र कास्की प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ गरी नौसिटका लागि १ सय ८ जनाले उम्मेदवारी दिएका हुन्।

कास्कीमा एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धन अन्यौलमै

नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धनले भने भागवण्डामा क्षेत्र टुंगो लगाएपनि उम्मेदवार तोक्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्