प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी सकिएको छ। निर्वाचन गराउनका लागि मतदानस्थलमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छ। अहिले मतदानस्थलको आन्तरिक काममा खटिएका कर्मचारी व्यस्त छन्। मतदानस्थल बनाउने काममा कर्मचारी व्यस्त बनेका छन्।
निर्वाचन कार्यालयका अनुसार प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटिन्छन्। ती मध्ये एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत र ५ जना सहायक कर्मचारी र १ जना सहयोगी हुन्छन्। २ वटा अस्थायी मतदान केन्द्रमा ३–३ जनाका दरले कर्मचारी खटिन्छन्। सबैगरि कास्कीमा २७ सय ५८ जना कर्मचारी खटिएका छन्।
सुरक्षा अधिकृतका अनुसार तीनस्तरका मतदानस्थल पहिल्याइएको छ। सामान्य ५०, संवेनदशील ५० र अति संवेदनशील ५० मतदानस्थल रहेको सुरक्षा श्रोतले बताएको छ। मतदानस्थलमा ८ देखि ३२ जनासम्म सुरक्षाकर्मी खटाइएको छ। निर्वाचनका लागि खटिएका कर्मचारी धमाधम गन्तव्यस्थलका लागि हिडेका छन्। मतदान सकिएपछि मतपेटिकालाई सुरक्षित रुपमा गणनास्थलमा ल्याउने र गणना थाल्नका लागि पनि तयारी भईसकेको निर्वाचन अधिकारीले बताएका छन।
जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार कास्कीमा १५० मतदातस्थल रहेका छन। ती मतदानस्थलमा ३४४ मतदान केन्द्र रहेका छन्। कास्कीमा ३ वटा निर्वाचन क्षेत्र छन्। प्रदेशसभाका लागि ६ वटा क्षेत्र रहेका छन्। कास्कीमा सबैगरि २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित: ३ मंसिर २०७९ ०९:१३ शनिबार





