९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

चुनावको सम्मुखमा ओली, देउवा र दाहालबीच भेट

निर्वाचनको सम्मुखमा तीन दलका शीर्ष नेताहरू अपासमा भेटघाट गरेका छन्।

विश्वस्त स्रोतका अनुसार आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटघाट भएको हो। उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिबारे छलफल भएको बताइएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर भएको उक्त भेटमा सम्भावित चुनावी गठबन्धनका विषयमा गम्भीर छलफल भएको बताइएको छ।

स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले अहिलेको चुनावमा एमालेले जित्नसक्ने ठाउँमा सहयोग गर्न आग्रह गरिएको बताइएको छ।

सो भेटघाटबारे शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले अनभिज्ञता प्रकट गरेका छन्। ‘म काठमाडौं बाहिर छु यो विषयमा मलाई जानकारी छैन, भेटघाट भएको होइन होला म भोली मात्र काठमाडौं आउँछु’, उनले भने।

एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पनि शीर्ष नेताहरुको भेटघाटबारे आफूलाई जानकारी नभएको बताए। ‘यो विषयमा मलाई औपचारिक जानकारी छैन,’ प्रचार विभाग प्रमुख शाहीले भने।

एमालेले झापा, दाङ लगायतका क्षेत्रमा सहयोगका अपेक्षा गरेको स्रोतको दाबी छ। गगन थापाले विशेष महाधिवेशन गरेर सभापति बनेपछि ओली, देउवा र दाहालको भेट भएको हो।

यो विषयलाई उनीहरुले सार्वजनिक गर्न चाहेका छैनन्। दाहालका प्रेस संयोजक गोविन्द आचार्यसँग बुझ्न खोज्ला उनको मोबाइल अफ रहेको छ।

प्रकाशित: १९ माघ २०८२ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App