५ आश्विन २०८१ शनिबार
image/svg+xml

झरीले टेनिस कोर्ट जलमग्न, सुर्की बगाउँदा समस्या

कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ।

कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता

आगामी मंसिर ४ को निर्वाचनको लागि राजनीति दलहरु उम्मेदवार छान्न रस्साकस्सी गरिरहेको बेला जिल्ला निर्वाचन कार्यालय कास्कीले आगामी मतदाताको नामावली अद्यावधिक गरेको छ।

सिर्जनामा ‘घाचोक’

पहाडी दृश्य, त्यसमाथि गुरुङ/मगर बस्ती, त्यहाँ बनेका परम्परागतशैलीका घर, नजिकै ठूला ठूला पहाड भएपछि कलाकारलाई अरु केही चाहिएन। सेतो पर्दाझैँ लाग्ने हिमशृङ्खला थपिँदाको दृश्यपान घाचोक पुग्नेका लागि ठूलो सपना भइदिन्छ।

सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी

पूर्वी पहाडको चियाबगानको झझल्को मेटाउने यही चियाबारीका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। पोखरादेखि २० किलोमिटरको दूरीमा र समुद्र सतहदेखि एक हजार चार सय मिटरको उचाइमा रहेको ल्वाङ पुग्न यातायातको सहजताले पनि अहिले घुम्न जाने पर्यटकलाई सहज बनेको छ।

आम निर्वाचन २०७९: कास्की कांग्रेसमा आकांक्षीको लामो लिष्ट

‘आकांक्षीको लिष्ट निकै नै लामो तयार भएको छ। आकांक्षा देखाउन सबैले पाउँछन, तर अन्तिम टुंगो लगाउँदा पार्टीले निकै नै विचार पुर्‍याउनुपर्नेछ,’ कास्की कांग्रेसका सहसचिव सिग्देलले भने, ‘यो नै अन्तिम टुंगो भने होइन, अहिले आकांक्षी देखिँदैमा उम्मेदवारी टुंगो लाग्ने पनि होइन, आकांक्षी हुन जो कोही पाउँछ।’

कास्कीको प्रस्तावित एन्फा टेक्निकल सेन्टर: स्थानीयको मागलाई सम्बोधन गर्न आग्रह

कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित भिंडाबारीमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ निर्माण अघि स्थानीयको मागलाई उचित सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन्।

गर्मीले आत्तिँदै, डाँडाकाँडा उक्लिँदै

पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीन वर्षअघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।

गठबन्धन सरकारले कर्मचारी क्षेत्रमा व्यापक राजनीतिकरण गर्‍योः एमाले

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कास्कीले पाँचदलीय गठबन्धन सरकारले कर्मचारी क्षेत्रमा व्यापक राजनीतिकरण गरेको आरोप लगाएको छ।

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता आयोजना गरियो। कास्की जिल्ला जिमन्याष्टिक संघको आयोजनामा प्रथम गण्डकी प्रदेशस्तरीय जिमन्याष्टिक महिला तथा पुरुष प्रतियोगितामा महिला तथा तर्फ सीताकुमारी खड्का र पुरुष तर्फ रोशन पुन च्याम्पियन बनेका छन्।

कास्की अन्नपूर्णमा एमालेको अग्रता कायमै

कास्कीको अन्नपूर्ण गाँउपालिका मतगणनाको सार्वजनिक गरिएको ३०० मत गणनाको मत परिणाम अनुसार नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष चन्द्रा देवकोटाले अग्रता लिएका छन्।

कास्की अन्नपूर्णमा एमालेको अग्रता

कास्कीको अन्नपूर्ण गाउँपालिका मतगणनाको सार्वजनिक गरिएको प्रारम्भिक नजिता अनुसार नेकपा एमालेका गाँउपालिका अध्यक्षका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष चन्द्रा देवकोटाले अग्रता लिएका छन्।

कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको अग्रता

कास्कीको रुपा गाउँपालिकामा कांग्रेस उम्मेदवारले अग्रता लिएको छ। रुपा गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार गीमाया गुरुङले सुरुवाती अग्रता लिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्