१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कास्की अन्नपूर्णमा एमालेको अग्रता कायमै

कास्कीको अन्नपूर्ण गाँउपालिका मतगणनाको सार्वजनिक गरिएको ३०० मत गणनाको मत परिणाम अनुसार नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार विष्णु केसी र उपाध्यक्ष चन्द्रा देवकोटाले अग्रता लिएका छन्।

एमालेका केसीले १४६६ मत पाउँदा देवकोटाले १४७ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार युवराज कुँवरल १३९ मत पाउँदा उपाध्यक्ष उम्मेदवार खिमकुमारी गुरुङले १४५ मत प्राप्त गरेकी छन्। कुँवर अन्नपूर्ण गाउँपालिकाका वर्तमान अध्यक्ष समेत हुन्। यो मतपरिणाम वडा नं ११ अन्तर्गत ३०० मत गन्दै गर्दाको हो।

यसैगरी वडा नं १० मा २०३ मत गन्दा कांग्रेस र एमालेले दुवैले अध्यक्षमा समान ८४/८४ मत पाएका छन्। अन्नपूर्ण गाँउपालिकामा २० हजार ३ सय ४८ मतदातामा १४ हजार ५ सय ४ मत खसेको थियो। कुल मतदातामा ७१.२८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ। 

प्रकाशित: ३१ वैशाख २०७९ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App