१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

झरीले टेनिस कोर्ट जलमग्न, सुर्की बगाउँदा समस्या

कास्की जिल्ला टेनिस संघ यतिबेला बिलखबन्दमा परेको छ । दुईदिनदेखि झरी परेको छ। भर्खरै मर्मत गरिएको टेनिस कोर्ट पानीले जलमग्न छ। कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ।

असोजको अन्तिम सातादेखि टेनिस शुरु हुदैैछ। राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि एकसाता अघि मात्रै संघले मर्मतको काम शुरु गरेको थियो। मर्मत शुरु गर्दा मौसम निकै रमाईलो थियो। अहिले पानीले बिथोलिएको छ। अब थप सुर्की नआएको अवस्थामा गेम गराउन सक्ने अवस्था समेत नहुने दाबी संघका अध्यक्ष लोकबहादुर गुरुङ सुनाउँछन्। ‘दुईदिनदेखि परेको झरीले सुर्की सबै बगाईसक्यो। चारलाखको सुर्की हालेर कोर्ट तयार बनाएका थियौं।’ उनले भने–‘अब सुर्की नआए गेम खेलाउने अवस्था कम छ।’

मर्मत शुरु गर्दा संघले सबै जिम्मेवारी लिएर काम गर्ने भएपनि खेल मैदान व्यवस्थापन समितिले उपभोक्ता समिति मार्फत काम गर्न निर्देशन दिएको थियो। उपभोक्ता समिति मार्फत काम गरेपनि राष्ट्रिय खेलकुद परिषदबाट कोर्टको लागि बजेट आईसकेको छैन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएपछि मात्रै बजेट आउने आशामा धेरै संघसंस्थाले काम गरेका छन्। बजेट आउने टुंगो नहुदाँ संघहरु संशयमा छन्।

अध्यक्ष गुरुङका अनुसार चार वटा कोर्टहरू मर्मत गरिएको छ। प्रतियोगिताको लागि चारवटा नेट्स समेत राखेपसँग मगाईएपनि नआएको गुनासो गरे। ‘भएका नेट्स सबै पुरानो भईसकेका छन्। नयाँ नेट्स मागेका छौं।’ उनले भने–‘नयाँ नेट्स नआए त्यही पुरानो नेट्समै गेम खेलाउँछौं। खेलाडीको विरोध आए राखेपले नै जवाफ दिनुपर्छ। गण्डकी खेलकुद परिषदसँग पनि आग्रह गरेका छौं।’

प्रकाशित: १९ आश्विन २०७९ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App