५ आश्विन २०८१ शनिबार
image/svg+xml

कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।

कास्कीमा २ लाख ८१ हजार ९ सय बढी मतदाता मतदानमा सहभागी बन्ने

कास्कीमा ५७ हजार नयाँ मतदाताले आफ्नो मत प्रयोग गर्दै छन्। चार वटा गाउँपालिका र एक महानगरपालिकामा नयाँ थपिएका मतादाताले शुक्रबार आफ्नो मतदान केन्द्रमा पुगेर मत खसाल्ने छन्।

राप्रपा कास्कीको घोषणापत्रः रेल होइन, निःशुल्क शिक्षा र चक्रपथको योजना

नेकपा एमाले र पाँचदलीय गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा मेट्रो र मोनोरेल गुडाउने सपना बाँडिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा भने त्यस्ता महत्त्वाकांक्षी योजनालाई समेटेको छैन। राप्रपाले आफनो घोषणापत्रमा महानगरपालिकामा भएका अनावश्यक कर्मचारीलाई अवकाश दिई खर्च कटौती गर्ने उल्लेख गरेको छ।

कांग्रेस नेताहरुलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए

सत्ता गठबन्धनको निर्णय अमान्य भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई कार्यालयभित्रै थुनिदिएका छन्।

कास्की कांग्रेस भन्छः गठबन्धनको निर्णय मान्दैनौ, पोखरामा आफ्नै उम्मेदवार उठाउँछौ

पोखरामा कांग्रेसको उपस्थिति बलियो रहेको भन्दै दावी गरेपनी शीर्ष नेताका कारण अवसर गुम्न खोजेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन्। सत्ता गठबन्धनका दलहरुबीचको भागबण्डाका आधारमा एकीकृत समाजवादीले पोखरा महानगर पाउने अवस्था आएको खण्डमा भिन्दै उम्मेदवार उठाउने चेतावनि कांग्रेस कास्कीले दिएको छ।

कास्की फुटबल संघः संघको गरिमा जोगाउन चुनौती

नयाँ नेतृत्वलाई कास्की जिल्लाको फुटबलको विकासमा चुनौतीको पहाड चढ्नुपर्ने छ। फुटबलमा हिजो बनाएको शाख र गरिमा जोगाउनुपर्ने छ। वर्तमान कार्यसमितिले धुमिल्याएको छविलाई सङ्ल्याउनुपर्ने चुनौती उत्तिकै छ। वर्तमान कार्यसमितिमा सुशासन र पारदर्शिता नहुदाँ खराब संघ कहलिन पुगेको छ। न माईन्युट, न निर्णय नै छ।

टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीप

पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपको शीर्षस्थानमा यथावत छ। समान दोस्रो जित निकालेको राईजिङ क्रिकेट क्लब पनि ४ अंकसहित नेट रनरेटमा दोस्रो स्थानमा रहेको छ।

रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभरि अन्त्य: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

कास्कीमा दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि

सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०५ किसानलाई र ३०५ व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उल्लेख छ।

लगत छुटेका सुकुम्बासीलाई पुनः अवसर

कास्कीमा छुटेका सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोगले नाम दर्ता गर्न पुनः अवसर दिने भएको छ। राष्ट्रिय भूमि आयोग कास्कीका नवनियुक्त अध्यक्ष गंगाप्रसाद पोखरेलले सोमबार पदबहाली गर्दै आयोगले पहिले दिएको समयमा नाम दर्ता गराउन छुटेका सुकुम्बासीलाई कास्कीमा पुनः नाम दर्ताका लागि अवसर दिने बताए।

लिग र गोल्डकप टुंगो लगाएर अधिवेशन गर्ने अध्यक्षको योजना

कास्की जिल्ला फुटबल संघले पनि फागुन मसान्तभित्र अधिवेशन टुंग्याउनुपर्ने छ। अधिवेशन टुंग्याउनुअघि कास्की जिल्ला फुटबल संघले जिल्ला लिग र पोखरा गोल्डकप गर्ने एकमात्र उद्देश्य रहेको स्पष्ट पारेको छ। यद्यपी जिल्ला लिगको समय तोकिसकिएको छैन। अधिवेशनको लागि संघले पदाधिकारी तथा सदस्य एवं आवद्ध क्लबलाई कहिले गर्ने भन्ने विषयमा छलफल नै गरेको छैन।

कास्की क्रिकेट संघमा दोहोरिए सिग्देल

कास्की जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभाबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

एमाले कास्कीमा पृथ्वीसुब्बा समूहका मनबहादुर गुरुङ विजयी

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ बिजयी भएका छन्। नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित गुरुङ नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका हुन्।

कांग्रेस कास्की सभापतिमा किशोरदत्त बराल

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल चयन भएका छन् । शनिबार भएको निर्वाचनबाट संस्थापन समूहका बराल सभापतिमा निर्वाचित भएका हुन् ।

कांग्रेस महाधिवेशनः कास्की सभापतिमा चारजना आकांक्षी

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा चारजना आकांक्षी देखिएका छन्। शुक्रबार हुने १४ औं अधिवेशनका लागि बिहीबार मनोनयन दर्ता हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्