२१ आश्विन २०८१ सोमबार
image/svg+xml

डिआइजीको दरबन्दी थप गर्न प्रस्ताव

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ। सरकारले एक महिनाअघि मात्र प्राविधिकबाहेक २६ डिआइजीको दरबन्दी कटौती गरेर १४ मा झारेको थियो। तर प्रधान कार्यालयले फेरि उक्त संख्या बढाउन माग गर्दै गृहमा प्रस्ताव पठाएको हो।

जसको पेसागत धर्म नै जोखिममा खटिनु हो

फ्रन्ट लाइनमा बसेर काम गर्नेले बढी सचेतना अपनाउनुपर्ने देखिएको छ । सेल्फ सेफ्टी र प्रविधिको प्रयोग गर्ने, सामाजिक दुरी कायम राखेर व्यावसायिक दायित्व निर्वाह गर्नुपर्छ ।

फ्रन्टलाईनमा काम गर्ने प्रहरी कोरोनाबाट प्रभावित

फ्रन्टलाईनमा काम गर्नेमध्ये नेपाल प्रहरी कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म ६ जना प्रहरी कोरोना सङ्क्रमित भएका छन् । बुधबार बिहान कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुस्टी भएपछि सङ्ख्या थपिएको हो ।

भोको पेट र अनिँदो आँखाले निरन्तर पहरा

राम्ररी ननिँदाएको डेढ महिना भैसक्यो। न खाने समय छ न सुत्ने। रातभर फोनको घन्टी बजिरहन्छ। ‘सर, पारिबाट मान्छे छिर्न खोज्दै छन्।’ राति फोनआउँछ। अनि कुदिहाल्नु पर्छ।  सीमामा प्रवेश रोकथाम गर्न तैनाथ सशस्त्र प्रहरीकर्मीलाई फोनमा निर्देशन, ढाड्स दिँदै रात बितेको पत्तै हुँदैन सशस्त्र प्रहरी सिरहाका गणपति प्रवीण कडेंललाई।

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई नाममात्रको कारबाही

सरकारको केन्द्रीय सचिवालयको ढोकैमा सुरक्षाकर्मीमाथि विदेशी जाइलाग्नु गम्भीर मामिला हो, यति गम्भीर विषयमा सरकारले चासै दिएन ।

सडक खन्दा विवाद : प्रहरीमाथि आक्रमण, दुई घाइते

चामुण्डाविन्द्रासैनी नगरपालिका ४ धनपाया–साल्टाकुरा–साल्तडा जङ्गले सडकमा जग्गा विवाद हुँदा शनिबार करिब ७ बजे झडप भएको छ । जग्गा विवाद हुँदा पुगेको प्रहरीमाथि नै स्थानीयहरुले आक्रमण गर्न थालेपछि २ राउण्ड हवाइ फायर गरिएको हो । स्थानीय एक र एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको नाम सार्वजनिक गरिएको छैन ।

मदिरा तस्करबाटै लखेटिए डिआईजी कार्यालयका हवल्दार

लकडाउनको मौका छोपेर प्रहरीकै संलग्नतामा यति खेर सप्तरीका सीमा नाकाहरुमा मदिरा तस्करहरु खुलेआम सक्रियता वढाउन थालेका छन् । कोरोना भाईरस(कोभिड–१९)को जोखिम न्यूनिकरणका निम्ती पछिल्लो डेढ महिना लामो समयदेखि मुलुक लकडाउनको अवस्थामा छन् ।

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३३ जना पक्राउ

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। लकडाउनको समयमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोजेको थियो।

करोडौंका उपकरण किन्ने निर्णय गोप्य

नेपाल प्रहरीले चार वर्षदेखि आवश्यक हतियार किन्न सकेको छैन। हतियार किन्न नसकेका बेला तत्काल नभए पनि हुने वाटर क्यानन र सिमुलेटर किन्ने निर्णयमा पुग्न प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले उक्सायोे भन्ने प्रश्न उठेको छ। पाँचवटा सिमुलेटर र एउटा वाटर क्यानन किन्ने निर्णय गोप्य राखिएको छ।

भारतीयले सीमानामा सशस्त्र प्रहरीको पोष्ट भत्काउन खोजेपछि हवाई फायर

लकडाउनमा भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेलाई कडाइ गर्नको लागि निर्माण गरेको सुरक्षा पोष्टलाई भारतीयहरुले भत्काउन खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

चुलोचौकोसँगै पाल टांगेर सीमामा निगरानी

सशस्त्र प्रहरीले अहिले चुलोचौकोसँगै जिल्लाको ९३ किलोमिटर सीमा सुरक्षा गरिहेका छन् । कोरोना भाइरस फैलन नदिन चोर नाका र खुला सीमाबाट आवगमन रोक्न र सीमा सुरक्षाका लागि दिनरात सीमा सुरक्षा दिने गरेका छन् । निकै दुःख कष्ट सहेर चुलोचौकासँगै पालमा बसेर सीमा सुरक्षा दिने सशस्त्र प्रहरी भने तनावमा छन् । अहिलको हावाहुरी, घाम, पानी, लामखुट्टे लागतयका कारण उनीहरु समस्यामा पर्ने गरेका छन् ।

नेपालगन्जको त्रिवेणीमोडमा प्रहरी र स्थानीयबीच झडप

नेपालगन्जको त्रिवेणी मोडमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । लकडाउन उल्लंघन गरेका स्थानीयको भिडलाई हटाउन खोज्दा झडप भएको हो ।

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ।

प्रहरीद्वारा चोखो अनुसन्धान हुनेमा आशंका

जुन व्यक्तिको विरुद्धको मुद्दा छ र जुन खेलका लागि यो काम भएको हो त्यो हेर्दा सोचेजसरी मुुद्दा अघि बढ्ने सम्भावना देखिँदैन।

सीमा क्षेत्रमा ५०-५० मिटरको दुरीमा सशस्त्र प्रहरी

भारतमा दिन दिनै कोरोना भाइरसको संक्रमित ठुलो संख्यामा भेटिन थाले पछि भारतसँग सीमाना जोडिएको बाराका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ब्यापक सुरक्षाकर्मी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.–१२ गणले बारा जिल्लाको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउदै ५०-५० मिटर दुरीसम्ममा पनि सशस्त्र प्रहरी परिचालन गरेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्