२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अमेरिकी डलरसहित पक्राउ

महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौंका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

'क्षतिपूर्ति हाेइन न्याय'

बाँकेको जानकी गाउँपालिका–६ कपासी गाउँका यादव परिवार न्यायको पर्खाइमा छ । प्रहरी हिरासतमा रहँदा भदौ ७ गते अचेत भएपछि यादव परिवारको जेठो सन्तान ३० वर्षीय राममनोहर यादवको उपचारका क्रममा भदौ १५ गते मृत्यु भएको थियो।

विप्लव समूहका नेता काठमाडाैँबाट पक्राउ

प्रहरीले विप्लव समूहका एक नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुस्थित एनसेल गेटअगाडि भएको बम बिस्फोट घटनामा संलग्न भएको आरोपमा सो समूहका नेता केदार खतिवडालाई पक्राउ गरेको हो।

जिप दुर्घटनामा दुईको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नरबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। थापाको दमौली अस्पतालमा र घर्तीको पोखरास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

राहत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा विरोध

सोमबार दिउँसो बानेश्वरमा भएको राहत शिक्षकको आन्दोलनमा सरकारले बलजफ्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रहरी हस्तक्षेपको भत्र्सना गरेको छ।

प्रहरीलाई छल्दा जिप दुर्घटना

दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्तरतर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइँदैन। सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ।

गाउँपालिकाको आफ्नै प्रहरी

खोटाङको ऐंसेलुखर्क बजारमा सेटो सर्ट, नीलो पाइन्ट र कालो टोपी लगाएका तीन सुरक्षाकर्मी हिँड्दा अनौठो मानेर रमिता हेर्ने धेरै भए। झट्ट देख्दा कुनै संस्था वा कार्यालयको सुरक्षागार्डको झल्को दिने भेषमा रहेका उनीहरू अन्य कोही नभएर ऐंसेलुखर्क गाउँपालिकाले भर्खरै नियुक्तिपछि ड्युटीमा खटिएका गाउँ प्रहरी थिए।

बस दुर्घटनाका घाइतेको एपीएफ टोलीद्वारा उद्धार

अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते मंगलबार बिहान भएको दुर्घटनामा परी घाइते भएका ९ जनाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ।

एकैदिन १७१ सवारी साधन कारबाहीमा

जथाभाबी हर्न बजाएर गुड्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार मात्र १७१ सवारी साधनलाई हर्न कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर पर्ने भएकाले कारबाहीलाई तीव्रता दिइएको हो।

सर्खेतमा एक लाख अफिमका बिरुवा प्रहरीद्वारा नष्ट

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ। लेकबेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो।

प्रहरीद्वारा बरादम काठ फिर्ता

खोटाङमा प्रहरीले बरामद गरेको काठ सम्बन्धित वन उपभोक्ता समूहको जिम्मा जमानीमा छाडिएको छ। जन्तेढुंगा गाउँपालिका–५, चिसापानीस्थित देउराली चुनियापानी सामुदायिक वनबाट बिनापुर्जी निकासी भइरहेको अवस्थामा बरामद तीन ट्याक्टर काठ सब–डिभिजन वन कार्यालय (चिसापानी)ले उपभोक्ता समूहको जिम्मा जमानीमा छाडेको हो।

बढुवा भएका एसएसपीको पदस्थापन, को कहाँ?

प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको फागुन ७ को निर्णयअनुसार एसपीबाट बढुवा भएका १४ जनालाई प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार जिम्मेवारीसहित पदस्थापना गरेको हो।

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका राजमार्ग असुरक्षित बन्दै

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका ग्रामीण क्षेत्रका सडकमा चोरीका मोटसाइकल जताततै गुड्न थालेका छन्। दुई नगर र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थान सडक सञ्जालले जोडिएको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा तथा मध्यपहाडी लोकमार्ग भएर चल्ने धेरैजसो मोटसाइकल बिना लाइसेन्स र ब्लुबुकका हुने गरेको पाइएको छ।

६४ इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन्।

कमलपोखरीमा पनि बम फेला

काठमाडौंको कमलपोखरीमा बम फेला परेको छ। ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट भएलगत्तै कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन रेष्टुरेण्टको बाहिरी भागमा बम फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्