१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

एकैदिन १७१ सवारी साधन कारबाहीमा

काठमाडौं – जथाभाबी हर्न बजाएर गुड्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार मात्र १७१ सवारी साधनलाई हर्न कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर पर्ने भएकाले कारबाहीलाई तीव्रता दिइएको हो।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए।

‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारी साधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौं,’, उनले भने। २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको हो। उक्त घोषणा पूर्णरुपमा कार्यान्वयन भने भएको छैन। महाशाखाले हालसम्म उपत्यकामा जथाभाबी हर्न बजाउने ३० हजार ४६८ सवारी साधनलाई कारबाही गरिसकेको छ। महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारी साधनबाट पाँच सय रुपैयाँ कारबाहीस्वरुप लिँदै आएको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App