२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्यार्थीसँग प्रहरी

जिल्ला प्रहरी कार्यालय सुर्खेतको मुल गेटबाट प्रवेश गर्दै गरेका विद्यार्थीहरुको स्वागतका लागि प्रहरी प्रमुखसहितको टोली हातहातमा पुष्प गुच्छा लिएर उभिएको थियो। मूल गेटबाट लाइन लागेर आएका विद्यार्थीहरुलाई पुष्प गुच्छा दिँदै प्रहरी उपरीक्षक वशन्त रजौरेले स्वागत गरे। पहिलो पटक प्रहरी कार्यालयमा पाइला टेकेका विद्यार्थीहरु प्रहरीको स्वागत र न्यानो मायाले हर्षित देखिन्थे। एसपी रजौरे आफैले प्रहरी कन्ट्रोलदेखि हिरासत कक्ष हुँदै सञ्चारसम्मका शाखाहरु विद्यार्थीलाई अवलोकन गराए। उनीहरुले राखेका जिज्ञासाहरुको उत्तर दिएर समाधान गरिदिए। विभिन्न शाखाहरुको अवलोकनपछि सभाहलमा मल्टिमिडिया प्रोजेक्टरमार्फत प्रहरीका गतिविधी, विद्यार्थीहरुले अपनाउनुपर्ने सुरक्षा, सावधानी र ट्राफिक प्रहरीका बारेमा दुई घण्टाको कक्षा लिए।

संरक्षण अभियन्ता प्रधानसँग प्रहरी सोधपुछ

छायाँ कम्प्लेक्सको विरोधमा उत्रिएका सम्पदा संरक्षण अभियन्ता भागवतनरसिंह प्रधानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले बुधबार दिउँसो टेलिफोन गरी प्रधानसहित नमस्ते सायमी, यादव कायस्थ र मनिष श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गरेको हो।

ट्राफिक एपको फन्दामा परिएला !

यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखी पालैपालो सवारी नचलाए यातायात व्यवस्था कार्यालयद्वारा तोकिएको २०० देखि एक हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

विद्यार्थी पढाउँदै प्रहरी

सधैं झोलामा किताब–कापी बोकेर क्याम्पस जाने विद्यार्थीको हुल शुक्रबार जिल्ला प्रहरी कार्यालयतिर मोडियो। विद्यार्थीमात्र होइन, शिक्षकहरूसमेत प्रहरी कार्यालयको आँगनमा भेला भए। प्रहरी कार्यालयको गेट पार गर्दैगर्दा ‘प्रहरी’ शब्दले बाल्यकालदेखि नै आफूभित्र ल्याउने अस्वाभाविक अवस्थाको तरंग कतिपय विद्यार्थीको अनुहारमा लुक्न सकेको थिएन।

प्रहरी चौकी बनाउन करोडको जग्गा दान

सर्लाहीको दक्षिणी क्षेत्रस्थित प्रहरी चौकीका लागि एक परिवारले करोड मूल्यको जग्गा दान गरेको छ। चन्द्रनगर गाउँपालिका–४, पोखरीयाको मोहनपुरस्थित प्रहरी चौकीका लागि स्थानीय सुरेन्द्र साह, वीरेन्द्र साह र राजेश साहले पाँच कठ्ठा जग्गा दान गरेका हुन्। उनीहरू दाजुभाइ हुन्।

छोराले आफ्नै बुबाको हत्या गरेको पुष्टि

सल्यानका एक जनाले आफ्नै बुबाको हत्या गरेको पुष्टि भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–२ कारागिठी ज्यामिरेका दुर्गाबहादुर रानाले आफ्नै बुबाको हत्या गरेको प्रहरीले दाबी गरेको छ।

प्रहरीलाई एक सय रुपैयाँ घुस दिएको अभियोगमा पक्राउ

प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ परेका छन्। दक्षिणकाली नगरपालिका ५ नारायणस्थानबाट सुमो चालकलाई प्रहरीले घुस दिएको आरोपमा समातेको हो।

जबर्जस्ती करणी आरोपमा प्रहरीका सइ पक्राउ

महिलालाई जबर्जस्ती गरेको आरोपमा शुक्रबार एक प्रहरी समातिएका छन्। सापटी लिएको रकम लिन बोलाएको र रकम लिन शुक्रबार साँझ पुगेकी महिलामाथि प्रहरीका सइ सूर्यबहादुर शाहीले हातपात गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोबाइलले खोल्यो सुनकाे पोल

मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो।

प्रहरी हवल्दारद्वारा महिला बलात्कृत

दाङमा एक प्रहरी हवल्दारले महिलालाई बलात्कार गरेका छन्। तुलसीपुर उपमहानगरपालिका फूलवारी स्थित ईलाका प्रहरी कार्यालयका एक हवल्दारले गाउँकै एक महिलालाई बलात्कार गरेको पीडित महिलाले बताएकी छिन्।

प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड

वीरेन्द्रनगर नगरपालिका–३ ले प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड उपलब्ध गराएको छ। वडाको शान्ति सुरक्षालाई थप मजबूत बनाउन प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड वितरण गरिएको अध्यक्ष भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए।

प्रहरी एकेडेमी बनाएर सारिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र (प्रहरी एकेडेमी) लाई काभ्रेको पनौतीमा भौतिक संरचना तयार गरेर मात्रै सारिने बताएका छन्। नेपाल प्रहरीलाई आधुनिक, सक्षम र कुनै पनि देशको प्रहरीसँग प्रतिस्पर्धा गर्नसक्ने खालको बनाउनुपर्ने भएकाले त्यसका लागि भौतिक, प्राविधिक, सुविधासहितको तालिम केन्द्र बनाउन सरकारले काम सुरु गरिसकेको र भौतिक संरचना तयार भएपछि पनौतीमा सारिने बताएका हुन। राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र महाराजगन्जमा प्रहरी निरीक्षकको १७८ औं ब्याचको आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

मापदण्डविपरीतका अंगरक्षक खोसिँदै

‘२०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो। अहिलेसम्म दुई सय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ।’

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : सरुवा बढुवामा गुनासो नआउने गरी काम गर्नुस्

नेपाल प्रहरीमा सरुवा बढूवा हुने बेला ब्यापक गुनासाहरु बाहिर आइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।

खोटाङमा दुई प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालयले दुई प्रहरी जवानलाई पुरस्कार प्रदान गरेको छ। अपराध न्यूनीकरण एवं सामाजिक सचेतनामा उल्लेखनीय योगदान पु-याएको भन्दै प्रहरी जवानद्वय कुमार भुजेल र सजिना भारतीलाई नगद पुरस्कारले सम्मान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्