२० आश्विन २०८१ आइतबार
image/svg+xml

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

हत्या आरोपित १७ वर्षपछि पक्राउ

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

उत्तरी अफगानिस्तानकाे भिडन्तमा आठ प्रहरीको मृत्यु

तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन्। तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन्।

श्रीमती संघद्वारा शिविर सञ्चालन

स्वास्थ्य शिविरमा ६०१ जनाले सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

गैँडाको आक्रमणबाट एक घाइते

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कञ्चनपुरमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाइने

लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

प्रहरीको गोली लागेर भारतीय तस्करको मृत्यु (अपडेट)

कंचनपुरको बैलौरी नगरपालिका वडा नम्वर ८ मा लागु औषधको तस्करी गर्नमा सक्रिय भारतिय एक युवकको बिहिवार साँझ प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहिवार साँझ प्रहरीले चलाएको गोली लागेर भारतको जिल्ला पिलभित ग्राम भुमीदान राघवपुरी थाना हजारा वस्ने २० बर्षिय गोविन्दा सिंहको मृत्यु भएको प्रहरीले बताएको छ ।

शान्ति मिसनमा सुडानमा रहेको सशस्त्र प्रहरीको टोली सर्वोकृष्ट

संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति स्थापनार्थ दक्षिणी सुडानमा तैनाथ बिभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बलको नेपालफम्ड पुलिस युनिट (एफपियु-१) सर्वोकृष्ट भएको छ।

अपहरण गरेको आरोपमा तीनजना पक्राउ

अपहरणमा परेको २ घण्टाभित्रै विराटनगरका एक युवकलाई प्रहरीले उद्दार गरेको छ। युवक अपहरण घटनामा संलग्न भएका दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट शनिबार दिउँसो विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई अपहरण गरी १० रूपैयाँ फिरौती माग्ने तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

युवकको हत्या सोधपुछका लागि १४ जना नियन्त्रणमा

पसलबाट बिहान ४ बजेतिर साइकलमा भैंसीको ‘दूध दुहुन’ घर जान गएका राना गेटा मेडिकल कलेजनजिकै निर्माणाधीन नालामा मृत फेला परेका थिए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए।

भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरी बढुवा

रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ वर्षीया किशोरी भागरथीको बलत्कारपछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए।

बाघको छालासहित दुई पक्राउ

रा ४ प ८८४७ नम्बरको मोटरसाईलकमा सवार उनिहरुले झोला भित्र बाघको छाला लुकाएका थिए । प्रहरीका अनुसार उनिहरुको ब्याग खानतलासी गर्दा ४ फिट लम्बाई र ५ ईन्च चौडाई रहेको बाघको छाला फेला परेको थियो ।

प्रधानमन्त्री कप: प्रिन्स र दीपेशबीच उपाधि भिडन्त

सशस्त्र प्रहरी बल एपिएफ क्लबका प्रिन्स दाहाल र दीपेश धामी योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

रसुवामा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्लाका ३० वर्षीय इन्द्रप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार ३५ वर्षीय राजेन्द्र लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

दाङका सञ्चारकर्मी वली १४ दिनदेखि बेपत्ता

दाङका एक सञ्चारकर्मी दुई सातादेखि बेपत्ता भएका छन् । घोराहीस्थित रेडियो स्वर्गद्धारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वली गत माघ १५ गते देखि हराईरहेका हुन् । राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली १५ माघमा क्याम्पसबाट आँफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्कीउपछि उनि अहिले सम्म सम्पर्कमा नआएको परिवारले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्