१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमती संघद्वारा शिविर सञ्चालन

दैलेखको गुराँस गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविर ।

कर्णाली प्रदेश प्रहरी श्रीमती संघले दैलेखको गुराँस गाउँपालिका–८ लालीकाँडामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ६०१ जनाले सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । 

शिविरमा सामान्य स्वास्थ्य जाँचसँगै दन्तरोग सम्बन्धी सेवा सञ्चालन गरिएको उनले बताए । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार पन्तको प्रमुख आतिथ्यतामा भएको शिविरमा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव श्रेष्ठ, दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित: २३ फाल्गुन २०७७ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App