coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

युवकको हत्या सोधपुछका लागि १४ जना नियन्त्रणमा

कैलालीको गोदावरी नगरपालिका–५ मा एक युवकको हत्या गरिएको छ। गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका अन्दाजी ३६ वर्षीय शिवचरण रानाको शनिबार बिहान हत्या भएको प्रहरीले जनाएको छ।

पसलबाट बिहान ४ बजेतिर साइकलमा भैंसीको ‘दूध दुहुन’ घर जान गएका राना गेटा मेडिकल कलेजनजिकै निर्माणाधीन नालामा मृत फेला परेका थिए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए।

टाउकोको दुई ठाउँमा ठूलो चोट लागेको छ। पसल बन्द गरेर घर खाना जाने राना शुक्रबार साँझ घर नगएर पसलमै सुतेको उनकी श्रीमती सुगुनी रानाले बताइन्। रानाको हत्याको अनुसन्धानका क्रममा १४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी उपरीक्षक जबराले बताए।‘कुनै न कुनै रूपमा राना सँग जोडिएका १४ जनासँग सोधपुछ भैरहेको छ,’ उनले भने।

प्रकाशित: १६ फाल्गुन २०७७ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App