८ वैशाख २०८१ शनिबार

तलब माग्न नगरपालिकामै पुगे शिक्षक

शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरु आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे। उनीहरुले नगरपालिका अगाडि कालो व्यानर बोकेर नाराबाजी गर्दै आफूहरुलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन्।

विपन्न नागरिकलाई जाडोमा न्यानो ब्लाङ्केट

धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटीको आयोजनामा माघे संक्रान्ति तथा सञ्जय साई बाबाको जन्मोत्सवको अवसर पारेर गोदावरी नगरपालिकाका १२ वटै वडामा बसोबास गर्ने २ सय जनालाई न्यानो ब्लाङ्केट वितरण गरिएको हो।

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे।

युवकको हत्या सोधपुछका लागि १४ जना नियन्त्रणमा

पसलबाट बिहान ४ बजेतिर साइकलमा भैंसीको ‘दूध दुहुन’ घर जान गएका राना गेटा मेडिकल कलेजनजिकै निर्माणाधीन नालामा मृत फेला परेका थिए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा प्रहार गरेर हत्या गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्