नयाँ बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई मन्त्रीको नाम लगभग टुंगिएको छ। स्रोतका अनुसार स्वर्णिम वाग्लेलाई अर्थमन्त्री र शिशिर खनाललाई परराष्ट्रमन्त्री बनाउने विषयमा पार्टी सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहबिच सहमति जुटेको बताइएको छ।
बालेनले क्षमता र विज्ञताका आधारमा मन्त्रिपरिषद् गठन गर्ने रणनीति लिएका छन्। वाग्ले अर्थशास्त्रका विज्ञ हुन् भने खनाल विदेश मामिलामा अनुभवी मानिन्छन्।
गृहमन्त्रीमा डीपी अर्याललाई अघि सारिएको छ भने बालेन पक्षले सुनिल लम्सालको नाम प्रस्ताव गरेको छ। सहमति नभए गृहमन्त्रालय प्रधानमन्त्री मातहतमै राख्ने विकल्पसमेत छलफलमा रहेको स्रोतको भनाइ छ।
प्रकाशित: ४ चैत्र २०८२ १३:१३ बुधबार





