४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अशौच बसेका ओली स्वस्थ: दैनिक आहार साग, कुरिलो अनि फर्सिको मुन्टा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वर्गीय पिता मोहनप्रसादको अशौच बारेर बसेका छन् ।  

उनलाई भेट्न दैनिक उल्लेख्य संख्यामा आफन्त तथा शुभचिन्तक पुग्ने गरेका छन् ।  

निर्वाचनको नतिजा र पिताको शोक दुवैले केही मलिन अनुहारमा रहेका ओलीलाई भेट्न पुग्ने आफन्तले सोध्ने प्रश्न भनेको ओलीको स्वास्थ्य नै हो ।  

ओलीले पनि आफ्नो स्वास्थ्य मजबुद र दह्रो रहेको जवाफ दिने गरेका छन् । हुन पनि उनी पार्टीका कार्यकर्ता शुभचिन्तकसँग भलाकुसारीमा उनी व्यस्त नै छन् ।  

उनलाई एक शुभचिन्तकले सोधे, ‘अरू सबै यस्तै हो । तपाईंको स्वास्थ्यको चिन्ताले सताएको छ । तपाईंलाई कस्तो छ ?’ ओलीले हँसिलो चेहरा बनाउँदै भने, ‘हेर्नुस् त म ठीक छु । मलाई स्वास्थ्यले साथ दिएको छ ।’

पूर्वप्रधामन्त्री तथा एमाले अध्यक्ष ओलीको दुई पटक मिर्गौला प्रत्यारोपण भएकाले पनि उनको स्वास्थ्यप्रति सबैको चासो छ ।  

अनि उनलाई अर्का शुभचिन्तकले सोधे, ‘दैनिक तपाईंको आहारव्याहार चाहिँ कस्तो के हुँदैछ ? खानेकुरा बार्दा तपाईंलाई असहज भएको छ कि ?

ओलीले फेरि भने, ‘होइन नि म त मज्जाले साग खान्छु । सागले मलाई राम्रो गरेको छ । कुरिलो दैनिक खाइरहेको छु । कुरिलो त झन राम्रो हुँदो रहेछ । फर्सिको मुन्टाले पनि एकदम राम्रो गर्दो रहेछ । म ठीकठाक बसेको छु ।’

स्वर्गीय मोहनप्रसादप्रति ऋद्धाञ्जली अर्पण गर्न तथा ओली परिवारलाई समवेदना दिन पुग्नेले एक पटक ओलीलाई भेट्ने खोज्ने तथा उनको हाल बुझ्ने गरेका छन् । 

प्रकाशित: ४ चैत्र २०८२ १८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App