४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार

खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ। आज बिहान काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकप्टर खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान ११ः५५ बजेतिर असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन्। घाइतेलाई काठमाडौँबाट गएको अर्काे हेलिकप्टरबाट उद्धार गरी ल्याइएको उनले बताए। 

प्रकाशित: ४ चैत्र २०८२ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App