४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

एनभिए लिगको मिति सर्‍यो, वैशाखमा हुने

दशौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष लिगको मिति सारिएको छ।

नेपाल भलिबल संघको आयोजनामा हुने उक्त लिग एक महिनापछि सारिएको संघले जनाएको छ। संघका अनुसार प्राविधिक कारणले गर्दा लिग सार्नुपरेको हो।

यसअघि उक्त लिग आउँदो चैत १९ देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आयोजना गर्ने तय भएको थियो।

संघका अनुसार अब लिग वैशाख १० देखि १९ गतेसम्म आयोजना हुनेछ। खेलहरू राखेपमै हुने तालिका रहेको छ।

लिगमा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ४ चैत्र २०८२ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App