४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय लिगमा झापामाथि आर्मीको रोमान्चक जित

सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी क्लबले झापा एफसीमाथि रोमान्चक जित निकालेको छ। 

बुधबार च्यासल फुटबल मैदानमा भएको दोस्रो खेलमा झापालाई ५-० ले हराउँदै आर्मीले लिगमा उत्कृष्ट सुरुआत गरेको हो। पहिलो हाफ बराबरीमा रोकिएको खेलमा आर्मीले दोस्रो हाफमा ५ गोल गर्यो।

आर्मीको लागि अन्जना थुलुङ राईलले दुई गोल गरिन्। उनले खेलको ८६औँ र ९०औँ मिनेटमा गोल गरेर आर्मीलाई सफल्ता दिलाइन्। त्यसअघि दीपा शाहीले आर्मीको लागि पहिलो गोल गरिन्। 

उनले दोस्रो हाफको ५७ औा मिनेटमा गोल गर्दै आर्मीको खाता खोलिन। त्यसपछि हिमा चौधरीले खेलको ६८औँ मिनेटमा गोल गरिन।

आर्मीले आफनो चौथौ गोल भने खेलको इन्जुरि समयमा गर्यो। तुलसा बोहारले गोल गरेर झापालाई निरही बनाइन्। पहिलो हाफमा आर्मीलाई बराबरीमा रोक्न सकेको झापा दोस्रो हाफमा निरिह बन्यो। 

जारी प्रतियोगिता आजबाट सुरु भएको हो। आज भएको पहिलो खेलमा संकटाले एनआरटीलाई ४-० ले हराएको थियो। 

वैशख १२ गतेसम्म चल्ने सो लिगमा कूल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ४ चैत्र २०८२ १७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App